+
+
Shares

अष्ट्रेलियाको अर्बनमा तीज धमाका भोल्युम-४ को तयारी पूरा

भदौ ६ गते अर्थात अगष्ट २२ मा शुक्रबार अर्बनको एनएसडब्लु ग्रान्ड प्यालेसमा हुने सांगीतिक कार्यक्रम अर्बन तीज धमाका भोल्युम-४ को सम्पूर्ण तयारी पूरा भएको हो । सोही कार्यक्रममा गायक रामजी खाँड र गायिका शान्ति रानी परियारले प्रस्तुति दिने भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ४ गते १५:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अष्ट्रेलियाको अर्बनमा अर्बन नेप्लीज कम्युनिटीले भदौ ६ गते एनएसडब्लु ग्रान्ड प्यालेसमा तीजको अवसरमा सांगीतिक कार्यक्रम आयोजना गर्ने तयारी पूरा गरेको छ।
  • कार्यक्रममा गायक रामजी खाँड र गायिका शान्ति रानी परियारले प्रस्तुति दिनेछन् र प्रवेश शुल्क ५९ र २५ अस्ट्रेलियन डलर राखिएको छ।
  • अर्बन नेपाली सोसाइटीका अध्यक्ष अरुण श्रेष्ठले विदेशमा रहेका नेपाली महिलालाई आफ्नो संस्कृति र चाडपर्वको महत्त्व बुझाउन यस्तो कार्यक्रम आवश्यक रहेको बताउनुभयो।

काठमाडौँ। अष्ट्रेलियाको अर्बनमा अर्बन नेप्लीज कम्युनिटीको आयोजनामा तीजको अवसर पारेर हुने सांगीतिक कार्यक्रमको अन्तिम तयारी पूरा भएको छ ।

भदौ ६ गते अर्थात अगष्ट २२ मा शुक्रबार अर्बनको एनएसडब्लु ग्रान्ड प्यालेसमा हुने सांगीतिक कार्यक्रम अर्बन तीज धमाका भोल्युम-४ को सम्पूर्ण तयारी पूरा भएको हो । सोही कार्यक्रममा गायक रामजी खाँड र गायिका शान्ति रानी परियारले प्रस्तुति दिने भएका छन् ।

तीजको अवसरमा हुने सांगीतिक कार्यक्रममा प्रवेश शुल्क ५९ अस्ट्रेलियन डलर र २५ अस्ट्रेलियन डलर राखिएको अर्बन नेपाली सोसाइटीका अध्यक्ष अरुण श्रेष्ठले जानकारी दिए । कार्यक्रमका लागि तयार पारिएको सबै टिकट बिक्री भइसकेको उनले जानकारी दिए ।

अष्ट्रेलियामा रहेका नेपाली महिलालाई तीजको अवसरमा हुने सांगीतिक कार्य्रक्रममा सहभागी जनाउन उनले अनुरोध गरेका छन् । विदेशमा रहेका नेपाली महिला तथा दिदीबहिनीलाई आफ्नो संस्कृति चाडपर्वको महत्त्व बुझाउनका यस्ता सांगीतिक कार्यक्रम गरिएको श्रेष्ठले उल्लेख गरेका छन् ।

नेपाली महिला दिदीबहिनीलाई सांगीतिक कार्यक्रममा स्वागत गर्न नेपाल अर्बन सोसाइटी स्वागत गर्न तयार रहेको उनको भनाइ छ । विदेशमा बसेर नेपालको चाडपर्व तथा संस्कृतिलाई नभुल्नलाई पनि समय-समयमा यस्तो कार्यक्रम आयोजना गर्नुपरेको उनको भनाइ छ।

‘घर र स्वदेशदेखि टाढा हुँदा आफ्नो मौलिक संस्कृति भुल्ने अवस्था आउन सक्ने हुँदा यस्ता कार्यक्रमले नेपालीत्त्वको भावना जगाउँन सक्छ’ श्रेष्ठले भने, ‘यहाँ बसेर स्वदेशको संस्कृतिलाई माया गराउन सक्नु पनि हाम्रो दायित्व हुन आउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?