+
+
Shares

अष्ट्रेलियाको वोलङ्गनमा नेपाली समुदायद्वारा श्रद्धाञ्जली सभा आयोजना

वोलङ्गनमा आयोजित श्रद्धाञ्जली सभामा २ सय बढी नेपालीहरू भेला भई शान्तिपूर्ण आन्दोलनमा ज्यान गुमाएका २० बढी जेनजी युवाहरूप्रति श्रद्धाञ्जली व्‍यक्त गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते १७:५२

२४ भदौ, अष्ट्रेलिया । भ्रष्टाचार र सामाजिक सञ्जालमा प्रतिबन्धविरुद्ध सडकमा उत्रेका युवा–विद्यार्थीको हत्याको विरोधमा अष्ट्रेलियाको वोलङ्गनमा नेपाली समुदायले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।

वोलङ्गनमा आयोजित श्रद्धाञ्जली सभामा २ सय बढी नेपालीहरू भेला भई शान्तिपूर्ण आन्दोलनमा ज्यान गुमाएका २० बढी जेनजी युवाहरूप्रति श्रद्धाञ्जली व्‍यक्त गरेका हुन् ।

छोटो समयमा ठूलो संख्यामा भएको यो उपस्थितीले नेपाली समुदायको एकता र मातृभूमिप्रतिको पीडाप्रतिको संवेदनशीलता देखाएको छ।

सभामा सहभागीहरूले २ वर्षदेखि ७० वर्ष उमेरका व्यक्तिहरू सम्मिलित भएर आफ्नै घरबाट ल्याएका मैनबत्ती प्रज्वलन गरी श्रद्धाञ्जली दिएका थिए। उपस्थित सबैले एक मिनेट मौन धारण गरेर शहीदहरूको आत्माको चिरशान्तिको कामना गरे।

कार्यक्रममा सहभागीहरूले केपी ओली र एमालेको सरकारले गराएको निर्दयी दमनलाई नेपालको इतिहासकै सबैभन्दा दुःखद र निन्दनीय घटना भन्दै कडा शब्दमा विरोध गरे। उनीहरूले यस्तो कार्यले मानव अधिकारको खुल्लमखुल्ला उल्लङ्घन गरेको उल्लेख गर्दै संयुक्त राष्ट्रसंघमा समेत सामूहिक रूपमा इमेल पठाएको जानकारी दिएका थिए।

उक्त सभा अष्ट्रेलियाको सरकारसँष अनुमति लिएर सम्पन्न भएको थियो। यसको आयोजना स्थानीय युवा समूह युकेवी, सागर आचार्य, सफल कार्की, सुजन खतिवडा, आशिष पौडेल लगायत थुप्रै युवाहरूको सक्रिय नेतृत्वमा गरिएको हो।

उपस्थितहरूले नेपाल सरकार र तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई तत्काल राजीनामा दिनुपर्ने माग गर्दै संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?