+
+
Shares

१.२ अर्ब डलर सम्पत्तिका साथ अष्ट्रेलियाका शीर्ष धनाढ्यको सूचीमा शेष घले र जमुना गुरुङ

घले दम्पती लगातार १८ वर्षदेखि शीर्ष धनाढ्यको सूचीमा स्थान सुरक्षित राख्न सफल हुँदै आएका छन् । उनीहरू पहिलोपटक सन् २००९ मा शीर्ष २५० धनीहरूको सूचीमा प्रवेश गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ११ गते ७:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली मूलका उद्यमी शेष घले र जमुना गुरुङ सन् २०२६ मा पनि अष्ट्रेलियाका सर्वाधिक धनी व्यक्तिहरूको सूचीमा परेका छन्।
  • सन् २००९ मा पहिलोपटक शीर्ष २५० धनीहरूको सूचीमा प्रवेश गरेका उनीहरु लगातार १८ वर्षदेखि यो सूचीमा स्थान सुरक्षित राख्न सफल हुँदै आएका छन् ।
  • घले दम्पतीले मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी स्थापना गरी शिक्षा र घरजग्गा व्यवसायमा संलग्न छन् ।

१० चैत, काठमाडौं । नेपाली मूलका उद्यमी शेष घले र जमुना गुरुङ यस वर्ष पनि अष्ट्रेलियाका सर्वाधिक धनी व्यक्तिहरूको सूचीमा अटाएका छन्। द अष्ट्रेलियनले सार्वजनिक गरेको सन् २०२६ मा अष्ट्रेलियाका धनी र शीर्ष कमाइ गर्नेहरूको सूचीमा घले र गुरुङ क्रमशः १५०औं र १५१औं स्थानमा रहेका छन् ।

घले दम्पती लगातार १८ वर्षदेखि यो सूचीमा स्थान सुरक्षित राख्न सफल हुँदै आएका छन् । उनीहरू सन् २००९ मा पहिलोपटक शीर्ष २५० धनीहरूको सूचीमा प्रवेश गरेका थिए ।

उनीहरू मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजीका सह-संस्थापक हुन् । द अष्ट्रेलियनका अनुसार घले दम्पतीले संयुक्त रूपमा १ अर्ब २१ करोड डलर सम्पत्ति जोडेका छन् ।

नेपालमा जन्मिएका उद्यमी गुरुङ र घलेले सन् १९९० को दशकको सुरुतिर अष्ट्रेलिया बसाइँ सरेका थिए । यो दम्पतीले सन् १९९६ मा स्थापना गरेको मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) मेलबर्न र सिड्नीमा क्याम्पसहरू र अष्ट्रेलियाका विश्वविद्यालयहरूसँगको साझेदारीसहित अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि अष्ट्रेलियाको सबैभन्दा ठूलो निजी उच्च शैक्षिक संस्थाहरूमध्ये एक बनेको द अष्ट्रेलियनले उल्लेख गरेको छ ।

शैक्षिक व्यवसाय मुख्य उद्यम रहे पनि घले दम्पती निरन्तर रूपमा घरजग्गा व्यवसायमा पनि संलग्न छ । उनीहरूले मेलबर्नभरि व्यावसायिक सम्पत्तिहरूको पोर्टफोलियो अधिग्रहण गरेका छन्, जसमध्ये धेरैवटामा एमआईटीका क्याम्पसहरू सञ्चालित छन्।

उनीहरूको सबैभन्दा प्रमुख सम्पत्ति, सीबीडीको उत्तरी किनारामा ३८६-४१२ विलियम स्ट्रिटमा रहेको ३,९०० वर्ग मिटरको जग्गा सन् २००९ मा १ करोड ७८ लाख डलरमा खरिद गरिएको थियो र यसलाई पुनःनिर्माणका लागि छुट्याइएको छ।

सन् २०२५ मा त्यहाँ रहेको पुरानो भवन भत्काएपछि कार्यालयको बजार सुस्त भएको कारण देखाउँदै यो जोडीले आफ्नो योजनालाई कार्यालय भवनबाट परिवर्तन गरी विलासी लक्जरी होटल र सर्भिस अपार्टमेन्ट बनाउने तर्फ मोडेका द अष्ट्रेलियनले उल्लेख गरेको छ । उक्त खाली जग्गाको भूमि कर मात्रै वर्षको करिब २० लाख डलर लाग्ने घलेले जानकारी दिएका छन् ।

‘गुरुङ र घलेले शिक्षा र सामुदायिक परियोजनाहरूलाई सहयोग गर्नुका साथै, बेल्जियम र नेपालमा होटलहरूको स्वामित्व राखेका छन् र तिनको विकास गरिरहेका छन्, जसमा काठमाडौंमा छिट्टै खुल्न लागेको एउटा प्रतिष्ठित प्रोपर्टी (होटल) पनि समावेश छ,’ द अष्ट्रेलियनले भनेको छ ।

घले गैरआवासीय नेपाली संघ (एनआरएन) का पूर्व अध्यक्ष पनि हुन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?