+
+
Shares

कर्णाली खेलकुद विकास परिषद्को सदस्य सचिवमा रविन्द्र चन्द नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १२ गते ९:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली प्रदेश सरकारले रविन्द्र चन्दलाई कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त गरेको छ।
  • प्रदेश मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उनलाई सदस्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
  • छनोट समितिले माघ ३ गते अन्तर्वार्ता गरी तीन जनाको नाम सिफारिस गरेको थियो ।

सुर्खेत । कर्णाली प्रदेश सरकारले रविन्द्र चन्दलाई कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त गरेको छ ।

बिहीबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले उनलाई सदस्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारले यसअघि, सदस्य–सचिव छनोट समितिले गत माघ ३ गते अन्तर्वार्ता लिई तीन जनाको नाम सिफारिस गरेको थियो । सिफारिस गरिएका उम्मेदवारहरूमा रविन्द्र चन्द, दीपक हमाल र प्रमोद हमाल थिए ।

छनोट समितिले गरेको मूल्यांकनमा रविन्द्र चन्दले सर्वाधिक ६७.१७ अंक प्राप्त गरेका थिए भने दीपक हमालले ६०.६३ र प्रमोद हमालले ५२.३७ अंक प्राप्त गरेका थिए ।

सदस्य–सचिव पदका लागि प्रारम्भमा २१ जनाले आवेदन दिएका थिए, जसबाट १० जनालाई अन्तर्वार्ताका लागि छनोट गरिएको थियो । अन्तर्वार्ता र मूल्यांकनका आधारमा उत्कृष्ट तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरिएको थियो । तीमध्येबाट चन्दलाई सदस्य सचिव नियुक्त गरिएको सरकारका प्रवक्ता एवम् एवम् भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री
विनोदकुमार शाहले जानकारी दिए ।

उपाध्यक्षमा प्रमोद हमाल नियुक्त

यसैगरी उपाध्यक्षमा वीरेन्द्रनगर नगरपालिका ५ सुर्खेतका प्रमोद हमाल नियुक्त भएका छन् ।

सदस्यहरुमा खाँडाचक्र  ७ कालीकोटका पंखबहादुर मल्ल, वीरेन्द्रनगर नगरपालिका ३ सुर्खेतका भीमकुमारी भुसाल, चंखेली गाउँपालिका ४ हुम्लाका गोर्खबहादुर शाही, दुल्लु नगरपालिका ८ दैलेखका पवनकुमार थापा र वीरेन्द्रनगर नगरपालिका ४ सुर्खेतका किरणकिशोर सापकोटालाई मनोनयन गर्ने निर्णय कर्णाली प्रदेश सरकारले गरेको छ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?