+
+
Shares

अष्ट्रेलियामा ४६ वर्षपछि ब्युँताइँदै मृत्यु कर

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ४ गते ७:०४

४ भदौ, काठमाडौं । अष्ट्रेलियाले ४६ वर्षअघि खारेज गरिएको ‘डेथ ट्याक्स’ पुनः ल्याउने तयारी गरिरहेको छ । अष्ट्रेलियाली विज्ञहरूले यसले देशभित्रको असमानता कम गर्न मद्दत गर्ने बताएका छन् ।

तर, धेरैले यसको आलोचना पनि गरिरहेका छन्। उनीहरूको भनाइमा यसले व्यवसाय छोडेका वा सानो-ठूलो सम्पत्ति बाँडेका परिवार प्रभावित हुनसक्छन् ।

मृत्यु कर (डेथ ट्याक्स) भनेको केन्द्रीय र प्रादेशिक करहरू हुन्, जुन व्यक्तिको मृत्यु भएपछि उसको सम्पत्तिमा लगाइन्छ । यो कर सम्पत्ति पाउने उत्तराधिकारीले तिर्नुपर्छ ।

अष्ट्रेलियामा सन् १९७९ मा सबै प्रकारका ‘डेथ ट्याक्स’ वा उत्तराधिकार कर अर्थात् ‘इनहेरिटेन्स ट्याक्स’ हटाइएका थिए, तर अहिले फेरि यो कानुन ल्याउन माग भइरहेको छ ।

यस कानुनको मद्दतले अष्ट्रेलियाले करिब ७० अर्ब डलर कर राजस्व उठाउने लक्ष्य राखेको छ । अष्ट्रेलिया इन्स्टिच्युटको एक रिपोर्टअनुसार, यदि यो कर पुनः लागू गरियो भने करिब १० अर्ब डलर उठाउन सकिनेछ ।

यसले पुस्तागत असमानता कम गर्ने विश्वास गरिएको छ । यसबाट सम्पत्ति अर्को पुस्तामा जाने हुँदा कर तिर्नुपर्नेछ ।

साथै, रिपोर्टमा उल्लेख गरिएका अनुसार ५० लाख डलरभन्दा बढी सम्पत्ति भएका व्यक्तिहरूमाथि दुई प्रतिशत सम्पत्ति कर लगाइएमा हरेक वर्ष करिब ४१ अर्ब डलर संकलन गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?