
News Summary
Generated by OK AI. Editorially reviewed.- अस्ट्रेलियामा नेपाली फिल्म 'पीआर' को प्रदर्शनले दर्शकको चाप बढेपछि सिड्नीमा अतिरिक्त शो थपिएको छ।
- निर्देशक शोभित बस्नेतले भने, 'सिड्नीमा रहनुहुने दर्शकले यो फिल्मप्रति यति धेरै माया देखाउनुभयो कि हामी अतिरिक्त शो थप्न बाध्य भयौं।'
- फिल्ममा नेपाली विद्यार्थीले अस्ट्रेलियामा स्थायी आवासीय अनुमतिपत्र (पीआर) पाउन संघर्ष गर्ने कथा प्रस्तुत गरिएको छ।
सिड्नी । यतिबेला अस्ट्रेलियाको मौसम चिसो छ । तर यहाँको फिल्म बजार भने तातेको छ । नेपाली फिल्मको राम्रो बजार मानिएको अस्ट्रेलियामा अहिले फिल्म ‘पीआर’को कारण बजार गर्मिएको हो ।
यो फिल्मको अगस्ट ९ मा सिड्नीको हर्सभिल र १२ तारिखमा न्यू क्यासलमा रेड कार्पेट शो समारोह गरिने तय छ । यद्यपि, दर्शकको संख्यामा वृद्धि हुने भएपछि हलले शो संख्या थपेको छ ।
फिल्म प्रदर्शनको लागि यहाँ आइपुगेका निर्देशक शोभित बस्नेतले दर्शकको चापमा वृद्धि भएपछि प्रिमियर संख्यामा थप भएको बताए ।
उनले अनलाइनखबरसँग भने, ‘सिड्नीमा रहनुहुने दर्शकले यो फिल्मप्रति यति धेरै माया देखाउनुभयो कि हामी अतिरिक्त शो थप्न बाध्य भयौं ।’
निर्देशक बस्नेतका अनुसार १ शो तय गरिएको सिड्नीको हर्सभिलमा रहेको इभेन्ट सिनेमाको ४ हलमा यो फिल्म एकै समयमा प्रदर्शन हुनेछ ।
यसरी एकसाथ ४ अडिटोरियममा प्रदर्शन गराउँदा पनि दर्शकको चाप नघट्ने भएपछि अगस्ट १० मा सिड्नीको बरूउडमा रहेको इभेन्ट सिनेमा हलमा पनि प्रिमियर आयोजना गरिने भएको छ ।
अष्ट्रेलियामा नै छायांकन गरिएको र त्यहाँकै कलाकारको अभिनय रहेकाले पनि यो फिल्मको उच्च माग भएको बतान्छ । फिल्ममा अष्ट्रेलियामा स्थानी आवासीय अनुमतिपत्र (पीआर) प्राप्त गर्न नेपाली विद्यार्थीले गर्ने संघर्ष र हैरानीको कथा पेश गरिएको छ ।
सिड्नीमा यो फिल्मको चर्चा चलेसँगै अन्य राज्य पर्थ, मेलबर्न र ब्रिसबेनबाट पनि प्रदर्शनका लागि माग आउन थालेको जानकारी निर्देशक शोभित बस्नेतले दिएका छन ।
यो फिल्म फिल्म अष्ट्रेलियाका आरएफएम फ्यासिलिटी म्यानेजमेन्टका रञ्जित शाह र करियर गेटवे अष्ट्रेलियाका सन्तोष तिवारीको प्रस्तुतिमा तयार भएको हो ।
फिल्ममा आरए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पूजा चौधरी, बिमला खत्री, आस्मा अधिकारी, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स, मस्तानी र नवीन घायलको अभिनय छ ।
विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, दिक्पाल कार्की र उत्तम केसीले अभिनय गरेका छन् ।
प्रतिक्रिया 4