+
+
Shares

‘बिगुल’ को टिजरमा बेनिशा : कुनै पनि हालतमा जेनजीको भावना मर्नु हुँदैन

बेनिशाको शीर्ष भूमिका रहेको फिल्मले जेनजी आन्दोलनपछि निर्वाचनतर्फ अघि बढिरहेको मुलुकको राजनीतिक घटनाक्रमको झल्को दिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २८ गते १५:५३
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बेनिशा हमाल स्टारर राजनीतिक-सामाजिक ड्रामा फिल्म ‘बिगुल’ को टिजर युट्युबमा सार्वजनिक भएको छ।
  • फिल्मले जेनजी आन्दोलनपछि नेपालको राजनीतिक घटनाक्रम र देशप्रेम, सम्बन्ध, जिम्मेवारीको झल्को दिन्छ।
  • निर्देशक रमेश कोइरालाले फिल्मले मनोरञ्जनसँगै समाजप्रति जिम्मेवार बनाउन भूमिका खेल्ने बताए।

काठमाडौं । बेनिशा हमाल स्टारर पल्टिकल-सोसल ड्रामा फिल्म ‘बिगुल’ को टिजर युट्युबमा सार्वजनिक भएको छ । टिजरले फिल्मको कथावस्तुबारे संक्षिप्त प्रकाश पार्छ ।

बेनिशाको शीर्ष भूमिका रहेको फिल्मले जेनजी आन्दोलनपछि निर्वाचनतर्फ अघि बढिरहेको मुलुकको राजनीतिक घटनाक्रमको झल्को दिन्छ । टिजरको अन्त्यमा बेनिशाले भनेकी छ्न, ‘अब कुनै पनि हालतमा जेनजीहरूको भावना मर्नु हुँदैन ।’

केही महिनाअघि अनलाइनखबरसँगको कुराकानीमा बेनिशाले कथावस्तु मन परेकाले आफूले यो फिल्म साइन गरेको बताएकी थिइन् । टिजर हेर्दा पनि, कथावस्तुको केन्द्रमा उनी जोडिएको देख्न सकिन्छ ।

टिजरमा राजनीतिसहित देशप्रेम, सम्बन्ध, जिम्मेवारी र जेनजी आान्दोलनको सन्दर्भ प्रस्तुत गरिएको छ । रमेश कोइरालाको निर्देशनमा बनेको फिल्मको कथाकार र निर्माता दिनेश कोइराला हुन् ।

निर्देशक रमेश कोइरालाले फिल्मबाट दर्शकले मनोरञ्जनका साथ आफ्नो घर, समाज, देशमा के कस्ता घटना, राजनीति भइरहेको छ त्यसबारेमा फिल्मले जानकारी दिने बताए ।

‘फिल्मलाई मनोरञ्जनका साथमा बिचारको रुपमा पनि हेर्नुपर्छ भन्ने सोचले ‘बिगुल’ बनाएका हौं,’ यसअघि ‘मन मनमा’,‘लीला’ र ‘नीरमाया’ फिल्म निर्देशन गरेका कोइराला भन्छन्, ‘हरेक नागरिकलाई आफ्नो देश र समाजप्रति जिम्मेवार बनाउन फिल्मले भूमिका खेल्न सक्छ ।’

जेन्जी आन्दोलनप्रति समर्पित गरिएको बताइएको यो फिल्ममा बेनिशासहित नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, विनोद न्यौपाने, जेएन घिमिरे, गीता अधिकारी, मीरा पण्डित, मानश्री शर्माको अभिनय छ ।

म्याग्नोलिया ग्रुपको ब्यानर कल्पना पौडेलको प्रस्तुति रहेको फिल्मको पटकथा, संवाद प्रदीप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन् । शिव ढकालको छायाङकन, कमल राई र कविराज गहतराजको नृत्य निर्देशन, एनबी महर्जनको द्वन्द्व निर्देशन, विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत बछ ।

सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका हुन् । सूर्यकान्त कोइराला र महेश कोइराला सहनिर्माता रहेको फिल्मको बितरण काफिया फिल्म्स् र ब्याङ्केट्स इन्टरटेन्मेन्टले गर्ने छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?