+
+
Shares

रुकुमपूर्व र उदयपुरबाट बन्दुकसहित पाँच जना पक्राउ

रुकुमपूर्व र उदयपुरबाट भरुवा बन्दुकसहित ५ जना पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २९ गते १२:४१

२९ मंसिर, काठमाडौं । रुकुमपूर्व र उदयपुरबाट भरुवा बन्दुकसहित ५ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-८ बाट भरूवा बन्दुक २ थान र सोही बन्दुकमा

प्रयोग हुने बारूद सहित ३ जनालाई आइतबार राति नियन्त्रणमा  लिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-८ खराङ बस्ने ३० वर्षीय शेरबहादुर थापा, ४३ वर्षीय यमप्रसाद पुन र ४८ वर्षीय कृष्णबहादुर मल्ल रहेका छन् ।

शेरबहादुरको गोठ खान तलासी गर्दा उक्त हातहतियार फेला पारी उनीहरूलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

यसैगरी उदयपुरको कटारी नगरपालिका-१२ अर्नाबाट भरूवा बन्दुक १ थान सहित २ जनालाई

आइतबार साँझ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय मित्रबहादुर बुढाथोकी र ४४ वर्षीय हिरालाल तामाङ रहेका छन् ।

मित्रबहादुरको बारीबाट उक्त बन्दुक फेला पारी दुवै जनालाई नियन्त्रमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?