+
+
Shares

श्रीमती बेपत्ता भन्दै जाहेरी, अनुसन्धान गर्दा खुल्यो श्रीमान्‌बाटै हत्या

९ मंसिरको राति साढे १० बजेतिर श्रीमती मिना शेर्पा र आफू ओखरबोट बजारबाट फर्कँर्दै गर्दा आफूखुसी बीच बाटोबाट हिँडेर बेपत्ता भएको भन्दै श्रीमान प्रेम दोर्चीले प्रहरीमा जाहेरी दिएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २८ गते १४:०८
Listen News
0:00
0:30
🔊

२८ मंसिर, काठमाडौं । श्रीमती हत्याको आरोपमा श्रीमान पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा संखुवासभाको मादीका प्रेम दोर्ची शेर्पा छन् । शेर्पाले नै आफ्नो श्रीमती बेपत्ता भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।

९ मंसिरको राति साढे १० बजेतिर श्रीमती मिना शेर्पा र आफू ओखरबोट बजारबाट फर्कँर्दै गर्दा आफूखुसी बीच बाटोबाट हिँडेर बेपत्ता भएको भन्दै श्रीमान प्रेम दोर्चीले प्रहरीमा जाहेरी दिएका थिए ।

तर प्रहरी अनुसन्धानको क्रममा मिनाको हत्या भएको खुल्यो । मिनाको हत्या प्रहरीमा जाहेरी दिने उनै श्रीमान प्रेम दोर्चीले गरेको खुलेको प्रहरीले बताएको छ ।

त्यसरात बजारबाट घर फर्कने क्रममा विवाद भएपछि कुटपिट गरेर हत्या गरेपछि त्रिपालले बेरेर खाल्डो खनेर गाडेको श्रीमान् प्रेम दोर्चीले स्वीकार गरेको संखुवासभा प्रहरीका सूचना अधिकारी धनबहादुर राजवंशीले बताए ।

हत्या गरेर गाडेको अवस्थामा शव समेत प्रहरीले उत्खनन गरेको छ । घटनाको १९ दिनपछि पक्राउ परेका प्रेम दोर्चीविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?