+
+
Shares

चिरिच्याट्ट जर्सीमा स्वस्तिमा दम्पती

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ३ गते १८:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री स्वस्तिमा खड्का र फिल्ममेकर निश्चल बस्नेतले टी-२० विश्वकप क्रिकेटमा नेपाली जर्सी लगाएर मनोरञ्जन लिएका छन्।

टी-२० विश्वकप क्रिकेटको माहौल जो छ, त्यसमा अभिनेत्री स्वस्तिमा खड्का र फिल्ममेकर निश्चल बस्नेत किन पो चुपचाप बस्थे र ? क्रिकेट सुरु भएदेखि नै उनीहरू यसमा भरपुर मनोरञ्जन लिइरहेका देखिन्छन्।

चाहे त्यो स्क्रिनमा होस् वा स्टेडियममा । यसैबीच स्वस्तिमाले नेपाली जर्सीमा चिरिच्याट्ट फोटो सार्वजनिक गरेकी छिन् । नेपाली झन्डाको रंगसँग मिल्दो निलो र रातोको संयोजन भएको जर्सी । कालो स्कर्ट र जर्सीमा उनी निकै ग्ल्यामरस देखिएकी छिन् । उनीसँगै छन्, निश्चल वस्नेत पनि ।

उनले यस्तै तीन थान तस्वीर सार्वजनिक गर्दै लेखेकी छिन्, ‘नेपाल बनाम वेस्ट इन्डिज हेर्दैछु ।

नतिजा जे भए पनि, नेपाली छोराहरूले विश्व मञ्चमा पूर्ण लगाव र श्रम लगाएको देखेर गर्व लाग्छ । जितको साक्षी हुनुपर्यो भनेर आएको , अब के हुने हो..

आज मुम्बईस्थित वानखेडे स्टेडियममा नेपालले वेस्ट इन्डिजविरुद्ध खेलेको थियो । यस खेलमा नेपाल ९ विकेटले पराजित भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?