+

सर्लाहीको जनज्योति बहुमुखी क्याम्पसमा ‘एफएसयु क्रिकेट कप हुने

२०८२ पुष  २१ गते १०:०१ २०८२ पुष २१ गते १०:०१
सर्लाहीको जनज्योति बहुमुखी क्याम्पसमा ‘एफएसयु क्रिकेट कप हुने

२१ पुस, जनकपुरधाम । लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले ‘एफएसयु क्रिकेट कप–२०८२’ आयोजना गर्न लागेको छ ।

अगामी पुस २८ गतेदेखि लालबन्दी नगरपालिका ५ स्थित जरुवा पानी रेल्वे ट्रयाक नजिक रहेको गोल्डेन फ्यूचर एकेडेमीको क्रिकेट मैदानमा प्रतियोगिता आयोजना गर्न लागेको स्ववियु सभापति समिर सिंहले बताए ।

जनज्योति बहुमुखी क्याम्पस लालबन्दीसहित चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरी, सर्लाही क्याम्पस मलंगवा र जनज्योति बुहुमुखी क्याम्पस चन्द्रनिगापुरलाई सहभागी गराई एक हप्तासम्म क्रिकेट लिग आयोजना गर्न लागिएको हो ।

प्रतियोगिताको बिजेतालाई उपाधिसहित ५१ हजार र उपबिजेतालाई २५ हजार तथा प्रतियोगिताको उत्कृष्ट खेलाडी, विद्यागत खेलाडी र म्यान अफ द म्याच हुने खेलाडीलाई पुरस्कारको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई अध्ययनसँगै खेलकुद समेत अपरिहार्य रहेको र कतिपय इच्छुक हुँदा हुँदै पनि यस्ता अवसरबाट बन्चित भइरहेकाले स्ववियु आयोजक भएर पहिलो पटक एफएसयु क्रिकेट टुर्नामेन्ट आयोजना गर्न लागिएको सभापति सिंहले बताए ।

क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय