+

डेजर्ट भाइपर्सले जित्यो इन्टरनेशनल लिग टी-२० को उपाधि

२०८२ पुष  २१ गते ७:३६ २०८२ पुष २१ गते ७:३६
डेजर्ट भाइपर्सले जित्यो इन्टरनेशनल लिग टी-२० को उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डेजर्ट भाइपर्सले यूएईमा सम्पन्न इन्टरनेशनल लिग टी-२० क्रिकेटको फाइनलमा एमआई इमिरेट्सलाई ४६ रनले हराउँदै पहिलोपटक उपाधि जितेको छ।
  • भाइपर्सले दिएको १८३ रनको लक्ष्य पछ्याएको एमआई १८.३ ओभरमा १३६ रनमा अलआउट भएको छ।
  • डेभिड पेन र नसीम शाहले ३-३ विकेट लिए भने कप्तान साम करानले अविजित ७४ रन बनाए।

२१ पुस, काठमाडौं । डेजर्ट भाइपर्सले यूएईमा सम्पन्न इन्टरनेशनल लिग टी-२० क्रिकेटको उपाधि जितेको छ । गएराति भएको फाइनलमा एमआई इमिरेट्सलाई ४६ रनले हराउँदै भाइपर्सले पहिलोपटक उपाधि जितेको हो ।

भाइपर्सले दिएको १८३ रनको लक्ष्य पछ्याएको एमआई १८.३ ओभरमा १३६ रनमा अलआउट भयो । शाकिब अल हसनले सर्वाधिक ३६ रन बनाए भने कप्तान कायरन पोलार्डले २८ रन बनाए ।

भाइपर्सका लागि डेभिड पेन र नसीम शाहले ३-३ विकेट लिए भने खुजेमा तनभीर र उसमान तारिकले २-२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको डेजर्टले २० ओभरमा ४ विकेट गुमाएर १८२ रन बनाएको थियो । कप्तान साम करानले अविजित ७४ रन बनाए भने म्याक्स होल्डेनले ४१ रन बनाए ।

एमआईका फजलहक फारुकीले २ विकेट लिँदा अरब गुलले १ विकेट लिए।

सन् २०२३ देखि सुरु भएको आईएल टी-२० को पहिलो उपाधि गल्फ जायन्ट्सले जितेको थियो । त्यसपछि २०२४ मा एमआई इमिरेट्सले अनि गत संस्करण दुबई क्यापिटल्सले जितेको थियो ।

इन्टरनेशनल लिग टी-२० एमआई इमिरेट्स डेजर्ट भाइपर्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय