+

१०औं मान सान तेक्वान्दोमा नेपाललाई ४ स्वर्णसहित २६ पदक

२०८२ पुष  २० गते १७:५६ २०८२ पुष २० गते १७:५६
१०औं मान सान तेक्वान्दोमा नेपाललाई ४ स्वर्णसहित २६ पदक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चीनको नान्जिङमा भएको एसियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता तथा १०औं मान सान तेक्वान्दो खुला च्याम्पियनसिपमा नेपाली खेलाडीले ४ स्वर्ण, ७ रजत र १५ कांस्य पदक जितेका छन्।
  • जोलिना बस्नेत, हृदयानी बस्नेत, कैरवप्रसाद लोहनी र गिता विष्टले स्वर्ण पदक जिते भने आश्रय उपाध्याय, सक्षम श्रेष्ठ, आयाम पौडेल लगायतले रजत पदक हात पारे।
  • प्रतियोगितामा लिटिल बड स्कुल, गोंगबु तेक्वान्दो डोजाङ र डाफोडिल पब्लिक स्कुलका खेलाडीले प्रतिस्पर्धा गरेका थिए र सरोज तामाङ र विकेश विडारी टोली प्रशिक्षक थिए।

२० पुस, काठमाडौं । चीनको नान्जिङमा भएको एसियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता तथा १०औं मान सान तेक्वान्दो खुला च्याम्पियनसिपमा नेपाली खेलाडीले ४ स्वर्ण, ७ रजत र १५ कांस्य गरी २६ पदक जितेका छन् । गेरोगी, पुम्से र स्पिड किकमा खेलाडीले पदक जितेका हुन् ।

जोलिना बस्नेत, हृदयानी बस्नेत, कैरवप्रसाद लोहनी र गिता विष्टले स्वर्ण जिते । आश्रय उपाध्याय, सक्षम श्रेष्ठ, आयाम पौडेल, मेघानी घतानी, जिग्मे तेन्जिङ शेर्पा, दीपक दुलाल र रन्जिता भुसालले रजत हात पारे ।

एभिनजंग केसी, आरभी ज्ञवाली, यत्ना तिम्सिना, इनाया महर्जन, माइरा कार्की, श्रेयान कार्की, युजेन तामाङ, सोहन पाठक, एन्जल राई, जोसेफ गुरुङ, योन्डेन तामाङ, युब्साङ तामाङ, रिन्जेन आक्याङमी थामी, रियान्स बस्नेत र जाम्याङ तेन्जिङ शेर्पाले कांस्य प्राप्त गरे ।

प्रतियोगतामा लिटिल बड स्कुल, गोंगबु तेक्वान्दो डोजाङ र डाफोडिल पब्लिक स्कुलका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । सरोज तामाङ र विकेश विडारी टोली प्रशिक्षकको जिम्मेवारीमा थिए ।

१०औं मान सान तेक्वान्दो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय