News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल ओलम्पियन्स संघले पूर्वओलम्पियन नामसिंह थापाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।
- नामसिंह थापाले सन् १९६४ टोकियो ओलम्पिकमा नेपालको पहिलो प्रतिनिधित्व गरेका थिए।
- थापाले ओलम्पिकमा प्रयोग गरेको ब्लेजर ओलम्पिक संग्रहालयलाई हस्तान्तरण गरेका थिए।
२० पुस, काठमाडौं । पूर्वओलम्पियन नामसिंह थापाको निधनप्रति नेपाल ओलम्पियन्स संघले गहिरो शोक व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।
ओलम्पियन्स संघले स्वर्गीय नामसिंह थापाको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।
सन् १९६४ टोकियो ओलम्पिकमा थापासँगै भीमबहादुर गुरुङ, रामप्रसाद गुरुङ, ओमप्रसाद पुन तथा धावकद्वय भूपेन्द्र सिलवाल र गंगाबहादुर थापामगरले नेपालको प्रतिनिधित्व गरेका थिए। उक्त सहभागिता नै नेपालको पहिलो ओलम्पिक सहभागिता थियो।
नेपाल ओलम्पियन्स संघद्वारा आयोजना हुने ओलम्पियन पुनर्मिलन तथा सम्मान कार्यक्रममा स्वर्गीय थापालाई सन् २०२२ जुन २१ मा काठमाडौंमा सम्पन्न पहिलो कार्यक्रममा सम्मान गरिएको थियो। साथै, सन् २०२४ मे २ मा इटहरीमा सम्पन्न तेस्रो कार्यक्रममा पनि उहाँ सहभागी हुनुहुन्थ्यो।
सम्मानका क्रममा थापाले ओलम्पिकमा प्रयोग गरेको ब्लेजर नेपाल ओलम्पियन्स संघमार्फत ओलम्पिक संग्रहालयलाई हस्तान्तरण गर्नुभएको थियो, जुन उहाँको ओलम्पिकप्रतिको समर्पण र गौरवको प्रतीक रहेको संघले जनाएको छ।

प्रतिक्रिया 4