News Summary
Generated by OK AI. Editorially reviewed.- लाङ्दी देवी क्लबले २० पुसमा भएको सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई २-० ले हराउँदै ३३औं त्रिवेणी कप फुटबलको फाइनलमा प्रवेश गरेको छ।
- रोहन कार्कीले ४१औं मिनेटमा र आशिष गुरुङले इन्जुरी समयमा गोल गर्दै लाङ्दी देवीको जित सुनिश्चित गरे।
- लाङ्दी देवीले फाइनलमा सोमबार एपीएफ क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
२० पुस, काठमाडौं । लाङ्दी देवी क्लब लमजुङमा जारी ३३औं त्रिवेणी कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई २-० ले हराउँदै लाङ्दी देवी फाइनलमा पुगेको हो ।
लाङ्दी देवीको जितमा रोहन कार्की र आशिष गुरुङले एक-एक गोल गरे । रोहनले ४१औं मिनेटमा तथा आशिषले खेलको इन्जुरी समयमा गोल गरेका थिए ।
लाङ्दी देवीले अब उपाधिका लागि एपीएफ क्लबसँग खेल्ने छ । फाइनल खेल सोमबार हुनेछ ।
प्रतिक्रिया 4