+

जिल्लास्तरीय स्नूकरको फाइनलमा अजय र रुकु भिड्ने

२०८२ पुष  २० गते २२:२२ २०८२ पुष २० गते २२:२२
जिल्लास्तरीय स्नूकरको फाइनलमा  अजय र रुकु भिड्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुटवलमा जारी जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिताको फाइनलमा अजय सुनार र रुकु खान पुगेका छन्।
  • प्रतियोगितामा १ सय २८ जना खेलाडीले प्रतिस्पर्धा गरेका छन् र फाइनल खेल पुस २१ गते हुनेछ।
  • विजेताले एक लाख, उपविजेताले ५० हजार र उच्च स्कोररले २० हजार पुरस्कार पाउनेछन्।

२० पुस,बुटवल । बुटवलमा जारी जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिताको फाइनलमा अजय सुनार र रुकु खान पुगेका छन् ।

बुटवलस्थित खस्यौली स्नूकर क्लबमा शनिबार बेस्ट अफ नाइनका आधारमा भएका खेलमा कुडल श्रेष्ठलाई पराजित गर्दै रुकु खान र कशिश क्षेत्रीलाई पराजित गर्दै अजय सुनार फाइनल प्रवेश गरेका हुन् ।

नेपाल बिलियर्ड्स पुल तथा स्नूकर संघ रुपन्देहीको आयोजनामा पुस १४ देखि जारी नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगितामा जिल्लाका १ सय २८ जना खेलाडीले प्रतिस्पर्धा गरेका खेल संयोजक विजय गुरुङले बताए ।

पुस २१ गते सोमबार फाइनल खेल हुने छ । प्रतियोगिताको विजेताले एक लाख, उपविजेताले ५० हजार तथा उच्च स्कोररले २० हजार, उदीयमान खेलाडी र अनुशासित खेलाडीले ५-५ हजार र स्नूकर स्टीक प्राप्त गर्ने संघका अध्यक्ष सुजन पुनले जानकारी दिए ।

प्रतियोगितालाई बुटवल उपमहानगरपालिका, उद्योगी चुन्नु पौडेल, कमलजंग कुंवर लगायतले आर्थिक सहयोग गरेका आयोजक संघका महासचिव प्रकाश क्षेत्रीले बताए ।

सोमबार साँझ साढे ५ बजे हुने समापन समारोहमा विजेता, उपविजेता र अन्य विधाका उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ ।

जिल्लास्तरीय खुल्ला स्नूकर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय