News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रिमियर लिगको छैटौं दिन विराटनगर किंग्स र काठमान्डु गोर्खाजबीचको खेलमा कलाकार एलिना चौहान र प्रताप दासले समर्थन जनाए।
- शनिबार चितवन राइनोज र लुम्बिनी लायन्सबीचको खेलसहित दुई खेलका लागि अग्रिम अनलाइन टिकट पूरा विक्री भइसकेको थियो।
- मैदानमा पुगेका दर्शकको हुटिङले रंगशाला क्षेत्र गुल्जार बनेको छ र अधिकांश दर्शकले दुवै खेल हेरेका छन्।
३ मंसिर, काठमाडौं । जारी नेपाल प्रिमियर लिगले सबै खेलप्रेमीको ध्यान खिचिरहेको छ । समूह चरणको खेलको छैटौं दिन भइरहँदा विभिन्न क्षेत्रमा कार्यरत चर्चित अनुहार पनि मैदानमा देखिन थालेका छन् ।
शनिबारको दोस्रो खेल विराटनगर किंग्स र काठमान्डु गोर्खाजबीच भइरहेको खेल हेर्न कलाकारद्वय एलिना चौहान र प्रताप दास पनि आइपुगेका छन् । उनीहरूले आफूले समर्थन गरेको टिमको पक्षमा उत्साहले साथ दिइरहेका छन् ।
त्यसबाहेक पनि शनिबार भएको दुवै खेलमा दर्शकहरू उत्तिकै मात्रामा आएका छन् । खेल हेर्न मैदान पुगेका दर्शकको हुटिङले रंगशाला गञ्जयमान भएको छ ।
शनिबार एकैदिन २ खेल भएका थिए । कुनै दर्शकले बिहान चितवन राइनोज र लुम्बिनी लायन्सबीचको खेलमात्रै हेरे पनि अधिकांश दर्शकले दुवै खेल हेरे। आजको खेलका लागि अग्रिम अनलाइन टिकट पूरा विक्री भइसकेको थियो ।
मैदानमा पुगेको दर्शकको हुटिङसहितको साथले साँझ ढल्नै लाग्दा पनि रंगशाला क्षेत्र गुल्जार नै छ । हेर्नुहोस् केही अनलाइनखबरकर्मी चन्द्रबहादुर आलेको लेन्समा कैदमा भएका उत्साही दर्शक तस्वीरहरू ।








प्रतिक्रिया 4