+

एनपीएलमा विराटनगरले टस जितेर काठमान्डुलाई दियो ब्याटिङ निम्तो

२०८२ मंसिर  ६ गते १५:१८ २०८२ मंसिर ६ गते १५:१८
एनपीएलमा विराटनगरले टस जितेर काठमान्डुलाई दियो ब्याटिङ निम्तो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विराटनगर किङ्सले टस जितेर दोस्रो एनपीएलको छैटौं दिनको दोस्रो खेलमा पहिले बलिङ गर्ने निर्णय गरेको छ।
  • काठमान्डुले दुई खेल खेलिसकेको छ भने विराटनगरको यो दोस्रो खेल हो।
  • पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी प्रदेशलाई पराजित गरेको थियो।

६ मंसिर, काठमाडौं । विराटनगर किङ्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । जारी दोस्रो एनपीएलको छैटौं दिनको दोस्रो खेलमा विराटनगरले काठमान्डुलाई ब्याटिङका लागि निम्तो दिएको हो ।

काठमान्डुले दुई खेल खेलिसकेको छ भने विराटनगरको यो दोस्रो खेल‌ हो । काठमान्डुले सुरुवाती खेलमा जनकपुर बोल्ट्सलाई पराजित गर्दा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो । विराटनगरले भने पोखरा एभेन्जर्समाथि सहज जित हात पारेको थियो ।

गत संस्करणको खेलमा काठमान्डु गोर्खाजले विराटनगर विरुद्ध १ विकेटको रोमाञ्चक जित हासिल गरेको थियो ।

यसअघिको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी प्रदेशलाई पराजित गरेको थियो ।

०००

काठमान्डु गोर्खाज (PLAYING XI) : बेन चार्ल्सवर्थ, आकाश त्रिपाठी, रिकार्डो भास्कोन्सेलोस, सन्तोष यादव, जेरार्ड एरासमस, राशिद खान, जोन सिम्पसन, करण केसी, शाहब आलम, प्रतिक श्रेष्ठ, आदिल आलम

विराटनगर किङ्स (PLAYING XI) : मार्टिन गप्टिल, लोकेश बम, शुभम रन्जाने, नरेन भट्ट, नारायण जोशी, जर्ज मन्से, बसिर अहमद, मर्चेन्ट डे लाङ, सूर्य तामाङ, सन्दीप लामिछाने, प्रतिश जिसी

एनपीएल क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय