+
+
Shares

फिल्ममा देखाइए जस्तो वास्तविक जीवनमा मान्छेले गर्दैनन् प्रगाढ प्रेम

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ३ गते १६:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकामा १० हजार बढी अविवाहित वयस्कहरूमा गरिएको अध्ययनले व्यक्तिहरू औसत दुई पटक प्रगाढ प्रेममा पर्ने देखाएको छ।

रोमान्टिक-कमेडी (रोम-कम) फिल्मले प्रेमलाई लिएर हेर्ने नजरमा परिवर्तन ल्याएको छ । जस्तो: रोमकम विधालाई मन पराउनेहरू प्रेम भनेको भोक-निद्रा बिर्सने, पागलपन हुने र राति अबेरसम्म कुराकानी गर्ने जस्ता कुरा सोच्छन् । तर, अध्ययनले वास्तविक जीवनमा प्रेमको त्यस्तो अध्याय कहिल्यै नआउने देखाएको छ ।

यही कुरा पत्ता लगाउन अमेरिकामा १० हजार बढी अविवाहित वयस्कहरूको तथ्यांक संकलन गरिएको थियो । जसमा एउटा मात्र प्रश्न सोधिएको थियो, तपाईंले जीवनकालमा कति पटक प्रगाढ प्रेममा पर्नुभएको छ ?

यसमा कुनै थप परिभाषा, विकल्प वा उदाहरण दिइएको थिएन । सहभागीहरूले जसरी बुझ्छन्, त्यसलाई नै अध्येताहरूले आधार मानेका थिए । त्यसमा औसत उत्तर ‘दुई’ आएको थियो । अर्थात् सहभागीहरूमध्ये औसत व्यक्तिहरूले जीवनमा दुई पटक प्रगाढ प्रेममा परेको बताएका थिए ।

त्यस्तै सहभागीहरूमध्ये १४ प्रतिशतले ‘शून्य’ जवाफ दिएका थिए । यसको अर्थ हरेक सातमध्ये एक अविवाहित वयस्कले आफूले कहिल्यै पनि प्रगाढ प्रेमको अनुभव नगरेको जवाफ दिए । जम्मा ११ प्रतिशतले चार वा सोभन्दा बढी पटक यस्तो प्रेम महसुस गरेको उल्लेख गरेका थिए ।

यो अनुसन्धान ‘इन्टरपर्सोना’मा प्रकाशित भइसकेको छ ।

के हो प्रगाढ प्रेम ?

यस अध्ययनले प्रगाढ वा गहिरो प्रेमलाई सम्बन्धको सुरुवाती चरणको त्यो पागलपन जस्तो अवस्था भनेको छ, जसमा मान्छेले एकोहोरो सोचिरहन्छ, टाढा हुँदा तड्पिन्छ र जीवनका अरू सबै कुराभन्दा प्रेमलाई नै ठूलो ठान्छ ।

मनोवैज्ञानिक रोबर्ट स्टर्नबर्गका अनुसार यस्तो जोस सुरुमा निकै तातो हुन्छ र सम्बन्ध पुरानो हुँदै जाँदा विस्तारै शान्त र स्थिर हुँदै जान्छ । अर्थात् समय बित्दैमा गहिरो प्रेम हुन्छै भन्ने ग्यारेन्टी हुँदैन ।

अध्ययनले समेत यस कुरालाई पुष्टि गरेको छ । उमेर र सम्बन्धको समय बढ्दै जाँदा धेरैले प्रगाढ प्रेम महुसस नगरेको बताएका थिए ।

त्यसैगरी पुरुषहरूले महिलाको तुलनामा अलि बढी यस्तो प्रेम महसुस गरेको बताए । समलिङ्गी वा द्विलिङ्गी समूहमा भने यस्तो कुनै भिन्नता देखिएन । यद्यपि यो अध्ययन अविवाहित व्यक्तिहरूमा मात्र गरिएको थियो ।

तर, पनि अध्ययनले फिल्ममा देखाइएको जस्तो प्रेम कमैको हुने र फिल्महरूमा प्रेमलाई बढाइचढाइ गरेर देखाइएको समेत पुष्टि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?