३ फागुन, अछाम । अछाम–२ मा उज्यालो नेपाल पार्टी (उनेपा) का उम्मेदवार राजेश रावलले उम्मेदवारी निष्क्रिय पारेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार भूपदेव शाहलाई समर्थन गर्दै उनेपा उम्मेदवार रावलले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका हुन् ।
आइतबार दुवै उम्मेदवारले सहमतिपत्रमा हस्ताक्षर गरेपछि रावलले उम्मेदवारी निष्क्रिय पारेको घोषणा गरेका छन् । उनेपा उम्मेदवार रावलले परिवर्तनको मुद्दालाई बलियो बनाउन उम्मेदवारी फिर्ता लिएर रास्वपा उम्मेदवार शाहलाई समर्थन गरेको बताए ।
यस्तै आफू निर्वाचित भएपछि रावलसँग सहमतिअनुसार काम गर्ने रास्वपा उम्मेदवार शाहले बताए । ‘हामीले अछाम-२ का आम मतदाताको चाहनाअनुसार नै सहमति गरेका हौँ,’ उनले भने, ‘म निर्वाचित भएपछि हामी दुई जनाकै एजेन्डाहरूलाई अगाडि बढाउनेछु ।’ सहमतिमा दुवै पक्षले परिवर्तनमुखी राजनीति, जनउत्तरदायी नेतृत्व र सुशासनलाई प्राथमिकता दिने बताएका छन् ।
प्रतिक्रिया 4