+
+
Shares

जेनजी शहीदलाई समर्पित गर्दै स्वस्तिमाले गरिन् मतदान

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १४:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री स्वस्तिमा खड्काले प्रतिनिधिसभा निर्वाचनमा मतदान गरेपछि आफ्नो भोट जेनजी शहीदप्रति समर्पित रहेको बताएकी छन्।
  • स्वस्तिमाले राष्ट्रिय स्वतन्त्र पार्टी र उम्मेदवार बालेन शाहको समर्थन गरेकी थिइन्।
  • स्वस्तिमा अभिनित फिल्म ‘लालीबजार’ प्रदर्शन तयारीमा रहेको छ।

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले आफ्नो भोट जेनजी शहीदप्रति समर्पित रहेको बताएकी छन् । विहिबार प्रतिनिधिसभा निर्वाचनमा मतदान गरेपछि सामाजिक सञ्जालबाट उनले यसबारे जानकारी गराएकी छन् ।

क्यापसहितको क्याजुअल पहिरनमा प्रस्तुत भएकी स्वस्तिमाले भोट हालेको छापसहितको औंला देखाउँदै लेखेकी छन्, ‘यो पटकको मेरो मत जेनजी शहीदहरूप्रति समर्पित ।’

चुनाव अघिका पोस्टमा स्वस्तिमाले खुलेर राष्ट्रिय स्वतन्त्र पार्टी र उक्त दलको तर्फबाट उम्मेदवार बनेका बालेन शाहको समर्थन गरेकी थिइन् । भोटपछिको तस्वीरमा स्वस्तिमालाई उत्साही देख्न सकिन्छ ।

कामको कुरा गर्दा, स्वस्तिमा अभिनित फिल्म ‘लालीबजार’ प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?