+
+
Shares

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग रोमान्टिक विशाल

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १७ गते १६:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'लालीबजार'को नयाँ पोस्टरमा अभिनेत्री स्वस्तिमा खड्का र डेब्यू अभिनेता विशाल देवकोटा फिचर्ड छन्।
  • विशाल देवकोटा नाटक 'मीरा'मा अभिनय गरेपछि फिल्म 'लालीबजार'को अडिसनमा छनोट भएका हुन्।
  • फिल्मको सार्वजनिक गीत 'मायालाई के दिउँ म बैना'लाई ८० लाख दर्शकले हेरिसकेका छन्।

काठमाडौं । १८ बैशाखदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘लालीबजार’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेत्री स्वस्तिमा खड्कासँगै डेब्यू अभिनेता विशाल देवकोटा फिचर्ड छन् ।

पोस्टरमा स्वस्तिमा र विशाललाई जोडीको रुपमा प्रस्तुत गरिएको छ । नाटक अभिनयबाट चर्चामा आएका देवकोटा यो फिल्ममा भने अडिसनमार्फत छनोट भएका हुन् ।

उनको अभिनय कौशलताकै कारण डेब्यू फिल्ममै स्वस्तिमाको जोडी बन्ने अवसर प्राप्त गरेको निर्माण कम्पनी षट्कोण आट्र्सले जनाएको छ । सानैदेखि कलाकार बन्ने सपना बोकेका देवकोटा नाटकमार्फत अभिनयलाई नजिकबाट बुझ्दै अघि बढेका थिए ।

‘सानैदेखि कलाकार बन्ने इच्छा थियो, त्यही सपना पछ्याउँदै आज यहाँसम्म आइपुगेको हुँ,’ उनले भने ।

उनका अनुसार कान्तिपुर थिएटरमा मञ्चन भएको ‘मीरा’ नाटकमा अभिनय गर्दा नै फिल्म ‘लालीबजार’को टिमको ध्यान उनीतर्फ खिचिएको थियो । त्यसपछि अडिसनका विभिन्न चरण पार गर्दै उनी फिल्ममा छनोट भएका हुन् ।

रंगमञ्चको अनुभवले उनलाई फिल्ममा प्रवेश गर्ने ढोका खोलेको उनले बताएका छन् ।

उनले भने, ‘मैले पछिल्लो पटक कान्तिपुर थिएटरमा एउटा प्ले गरेको थिएँ ‘मिरा’मा । त्यो प्ले हेर्न प्रदीप भट्टराई सर, रबिन दाई अनि जेवी दाई आउनुभएको थियो । उहाँहरूले हेरिसकेपछि एकचोटि अप्सनका लागि भनेर अफिसमा बोलाएर अडिसनको सिलसिला सुरु भएको थियो ।’

रंगमञ्च र फिल्म अभिनयबीचको भिन्नता अनुभव गर्दै उनले दुवै माध्यममा अभिनयको स्वरूप फरक हुने बताए । रंगमञ्चमा एकैपटक पात्रलाई पूर्ण रूपमा जिउन पाइने भएपनि फिल्ममा भने दृश्य–दृश्यमा टुक्रिएर अभिनय गर्नुपर्ने उनको अनुभव छ । फिल्ममा कथावस्तु समाजको यथार्थसँग जोडिएको उल्लेख गरे ।

‘यो हाम्रो समाजकै यथार्थमा आधारित कथा हो, जसले एउटा परिवेश र त्यहाँको माहोल प्रस्तुत गर्छ,’ उनले भने । रंगमञ्च र फिल्म अभिनयबीचको फरकबारे बोल्दै देवकोटाले नाटकमा एकैपटक पात्रलाई जिउन पाइने तर फिल्ममा टुक्राटुक्रामा अभिनय गर्नुपर्ने अनुभव सुनाए ।

नयाँ टिमसँग काम गर्दा पनि आफूलाई सहज अनुभव भएको उनले बताए । षट्कोण आट्र्स जस्तो स्थापित ब्यानरबाट डेब्यू गर्न पाउनु आफ्नो लागि सौभाग्य भएको उनको भनाइ छ । उनले दर्शकलाई ‘लालीबजार’ परिवारसहित हेर्न आग्रह गरे ।

‘यो पारिवारिक रूपमा हेर्न मिल्ने, रमाइलो र नयाँ कथामा आधारित फिल्म हो । बैशाख १८ गतेदेखि नजिकका सिनेमा हलमा गएर हेर्नुहोस्,’ उनले भने ।

फिल्मको सार्वजनिक गीत ‘मायालाई के दिउँ म बैना’ लाई दर्शकले रुचाएका छन् । फिल्मको उक्त गीतलाई ८० लाख दर्शकले हेरिसकेका छन् । फेसबुक रील्स, टिकटक भिडिओसँगै युट्युब सट्समा समेत उक्त गीतमा भिडिओ बनाउनेको संख्या बढ्दो छ ।

बर्दियाको राजापुरमा छायांकन गरिएको फिल्ममा स्वस्तिमासहित रविन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी लगायतको अभिनय छ ।

यसै फिल्ममार्फत देवकोटा र प्रसंशा सुवेदीले डेब्यू गर्दैछन् । विशाल थियटरमा काम गरीरहेका कलाकार हुन् भने प्रसंशा जेनजी अभियन्ताको रुपमा चर्चित छिन् । निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र प्रदीपले संयुक्त रुपमा तयार गरेका हुन् ।

फिल्ममा कार्यकारी निर्माता प्रदीप छन् । म्याक्स दीपेश खत्री र रविन्द्रसिंह निर्माता हुन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?