+
+
Shares

‘लालीबजार’ को मुद्दामा सेन्सर बोर्डको फाइल झिकाउन अदालतको आदेश

बुधबारलाई पेसी तोकियो

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २२ गते १४:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उच्च अदालत पाटनले फिल्म 'लालीबजार'को मुद्दामा केन्द्रीय चलचित्र जाँच समितिको सक्कल फाइल झिकाउन आदेश दिएको छ।
  • अदालतले २२ गतेसम्म प्रदर्शन रोक्ने अन्तरिम आदेश बुधबारसम्म निरन्तरता दिएको छ र भोलि पेसी तोकेको छ।
  • फिल्मका केही दृश्य र संवादमा आपत्ति जनाउँदै रोशनी नेपालीले रिट दायर गरेकी थिइन् र प्रदर्शन १८ वैशाखदेखि रोकिएको छ।

काठमाडौं । उच्च अदालत पाटनले फिल्म ‘लालीबजार’को मुद्दामा चलचित्र जाँच (सेन्सर) सम्बन्धी कागजात झिकाउन आदेश दिएको छ ।

अदालतका सूचना अधिकारी गोबिन्दप्रसाद कोइरालका अनुसार प्रदर्शन अनुमति दिने केन्द्रीय चलचित्र जाँच समितिको सक्कल फाइल झिकाउन आदेश दिएको हो ।

न्यायाधीशद्धय गीताप्रसाद तिम्सिना र दीपक खनालको संयुक्त इजलासमा मंगलबार सुनुवाइ भएको थियो ।

‘२२ गतेसम्म प्रदर्शन रोक्नु भनेर यसअघि दिएको अन्तरिम आदेशलाई बुधबारसम्म निरन्तरता दिइएको छ । यसबारे भोलि पेसी तोकिएको छ’ सूचना अधिकारी कोइरालाले भने, ‘यसबारे बुधबार छलफल हुन्छ । फाइल आएपछि पुनः हेर्छौं ।’

यसअघि अदालतले १५ वैशाखमा तत्कालको लागि प्रदर्शन रोक्न आदेश दिएको थियो । रोशनी नेपाली वादीले फिल्मका केही दृश्य र संवादमा आपत्ति जनाउँदै रिट दायर गरेकी थिइन् ।

१८ वैशाखदेखि रिलिज तयारीमा रहेको यम थापा निर्देशित फिल्म अदालतको आदेशले रोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?