+
+
Shares

राजस्व चुहावटमा अदालतबाट साढे चार करोड जरिवाना सुनाइएका प्रतिवादी पक्राउ

उनीविरुद्ध उच्च  अदालत  पाटनले ४ करोड ४४ लाख ८७ हजार ९५७ रुपैयाँ जरिवाना र एक वर्ष कैद सजाय सुनाएकाे थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते १९:३२

२७ चैत, काठमाडौं । राजस्व चुहावट मुद्दामा उच्च अदालत पाटनबाट करिब साढे ४ करोड जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको कुलेश्वरमा रहेको अंकुश सप्लायर्स एन्ड ट्रेडर्सका सञ्चालक ३१ वर्षीय प्रवीणकुमार महता रहेको प्रहरीले जनाएको छ ।

सर्लाही ब्रम्हपुरी नगरपालिका– २ सखुबाबा स्थायी ठेगाना रहेका महतालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)बाट खटिएको टोलीले शुक्रबार काठमाडौंको कुलेश्वरबाटै पक्राउ गरेको हो ।

महताविरुद्ध राजस्व चुहावट कसुरमा दायर मुद्दामा उच्च  अदालत  पाटनले २०८१ वैशाख १७ गते फैसला सुनाएको थियो । जसमा उनीविरुद्ध ४ करोड ४४ लाख ८७ हजार ९५७ रुपैयाँ जरिवाना र एक वर्ष कैद सजाय ठहर भएको थियो ।

फैसलापछि उनी फरार रहेको प्रहरीले जनाएको छ । शुक्रबारै पक्राउपछि उनलाई जिल्ला अदालत ललितपुरमा उपस्थित गराइएको सीआईबीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) शिवकुमार श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?