News Summary
Generated by OK AI. Editorially reviewed.- उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको पक्षमा फैसला गरेको छ।
- खड्कालाई अर्को साधारण सभासम्म वरिष्ठ उपाध्यक्षबाट निलम्बन गर्ने निर्णय कात्तिक १४ गतेको एन्फा कार्यसमितिको जुम मिटिङले गरेको थियो।
- खड्काले निलम्बनको विरुद्धमा उच्च अदालतमा रिट दायर गरेका थिए र अदालतले बुधबार खड्का वरिष्ठ उपाध्यक्षमा कायम रहेको फैसला गरेको हो।
२५ चैत, काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको पक्षमा फैसला गरेको छ ।
उच्च अदालतले बुधबार खड्का एन्फाको वरिष्ठ उपाध्यक्षमा कायम रहेको फैसला गरेको हो । खड्काको पक्षमा फैसला गरेपनि फैसलाको पूर्णपाठको लागि केही समय लाग्ने अदालतले जनाएको छ ।
कात्तिक १४ गते बसेको एन्फा कार्यसमितिको जुम मिटिङबाट खड्कालाई अर्को साधारण सभासम्मका लागि वरिष्ठ उपाध्यक्षबाट निलम्बन गर्ने निर्णय भएको थियो ।
त्यसपछि खड्काले त्यसको विरुद्धमा उच्च अदालतमा रिट दायर गरेका थिए ।
प्रतिक्रिया 4