४ पुस, काठमाडौं । उच्च अदालत पाटन, ललितपुर परिसरमा आत्महत्या प्रयास गरेकी युवतीको उपचार जारी रहेको छ ।
प्रहरी स्रोतकाअनुसार ती युवतीको अहिले पनि पाटन अस्तापलको आईसीयूमा उपचार जारी रहेको छ ।
करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास गरेकी थिइन् । प्रहरीले उद्धार गरेर उनलाई पाटन अस्पतालमा उपचारका लागि पठाएको थियो । अहिले पनि उनको उपचार जारी रहेको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यरत अधिकृत प्रमोद मैनाली प्रतिवादी भएको मुद्दामा अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि उनले आत्महत्याको प्रयास गरेको स्रोतले बताएको छ ।
अदालत परिसरमै उनले किटनाशक विषादी सेवन गरेकी थिइन् ।
यसअघि काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएपछि ती युवती पाटन पुगेकी थिइन् । पाटनले पनि धरौटीमा छाड्न आदेश दिएपछि उनले आत्महत्या प्रयास गरेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4