+
+
Shares

रेशमलाई थुनाउने विष्टलाई धरौटीमा छाड्ने जिल्लाको आदेश उच्चद्वारा सदर

बिहीबार उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र कैलाशप्रसाद सुवेदीको इजलासले जिल्लाकै आदेश गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १५ गते १८:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उच्च अदालत पाटनले न्याय सेवाका शाखा अधिकृत महिमानसिंह विष्टलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश सदर गरेको छ।
  • नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीविरुद्धको मुद्दा विचाराधीन अवस्थामा विष्टले फर्जी पत्र बनाएर चौधरीलाई थुनाएका थिए।
  • जिल्ला अदालतले विष्टलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो र उच्च अदालतले त्यो आदेश सदर गरेको हो।

१५ साउन, काठमाडौं । उच्च अदालत पाटनले न्याय सेवाका शाखा अधिकृत महिमानसिंह विष्टलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश सदर गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीविरुद्धको मुद्दा विचाराधीन भएकै अवस्थामा सर्वोच्च अदालतको मुद्दा महाशाखाका शाखा अधिकृत विष्टले फर्जी पत्र बनाएर चौधरीलाई थुनाएका थिए ।

पछि उनीविरुद्ध सरकारी कागजात किर्ते गरेको आरोपमा मुद्दा चलेको छ । त्यही मुद्दामा जिल्ला अदालत काठमाडौं उनलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।

५ जेठमा जिल्ला अदालत काठमाडौँका न्यायाधीश दिनबन्धु बरालले विष्टलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएका थिए ।

बिहीबार उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र कैलाशप्रसाद सुवेदीको इजलासले जिल्लाकै आदेश गरेको छ ।

जिल्ला अदालतको आदेशविरुद्ध चौधरीले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । विष्ट पनि निवेदन लिएर उच्च पुगेकोमा बिहीबार बेरितको भन्दै जिल्लाको आदेश सदर गरिदिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?