
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं जिल्ला अदालतले शाखा अधिकृत महिमान सिंह विष्टलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
- विष्टले अनधिकृत पत्र लेखेर रेशम चौधरीलाई पक्राउ गर्न भनेपछि प्रहरीले रमेशलाई पक्राउ गरेको थियो ।
- अदालतले पत्र आधिकारिक नभएको पुष्टि भएपछि रेशम चौधरी र विष्टको मुद्दा समाधान गरेको हो।
५ जेठ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न भन्दै पत्र लेख्न सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले विष्टलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । धरौटी बुझाएर रिहा हुने प्रक्रियामा उनी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले बताए ।
विष्टले अनधिकृत रूपमा पत्र लेख्दै रेशमलाई पक्राउ गरेर डिल्लीबजार कारागार चलान गर्न भनेका थिए । त्यसपछि उक्त पत्र लिएर उनी आफैं जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका थिए ।
उनीविरुद्ध लिखतसम्बन्धी कसुरमा मुद्दा चलाइएको थियो ।
उक्त पत्रपछि प्रहरीले रमेशलाई पक्राउ गरेर कारागार समेत पुर्याएको थियो । उक्त पत्र आधिकारिक नरहेको खुलेपछि रेशम रिहा भएका थिए भने पत्र लेखेको आरोपमा विष्ट पक्राउ परेका थिए ।
प्रतिक्रिया 4