News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रपति भ्लादिमिर पुटिनले फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको मुद्दा 'हेर्ने' बताएका छन्।
- भिनाटियरलाई रूसमा 'विदेशी एजेन्ट' दर्ता नगरेको र नयाँ जासुसी आरोपमा २० वर्ष जेल सजायको अभियोग लागेको छ।
- पुटिनले भने, 'म निश्चित रूपमा यो के हो भनेर खोजी गर्नेछु र कानुनले अनुमति दिए रिहाइका लागि प्रयास गर्नेछौं।'
४ पुस, मस्को । राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको मुद्दालाई ‘हेर्ने’ बताएका छन् ।
उनलाई ‘विदेशी एजेन्ट’ को रूपमा रूसमा काम गर्न नाम दर्ता नगरेको र नयाँ जासुसीको आरोपमा २० वर्षको जेल सजायका लागि अभियोग दर्ता गराइएको छ ।
स्विस द्वन्द्व मध्यस्थता एनजीओका लागि काम गर्ने र सन् २०२४ जुनमा जेल परेका भिनाटियरले तीन वर्षको सजाय भोगिरहेका छन् भने उनीमाथि जासुसीको नयाँ आरोप पनि लगाइएको छ ।
‘मलाई यस मुद्दाको बारेमा केही थाहा छैन। यो मैले पहिलो पटक सुनेको छु,’ पुटिनले भिनाटियरको मुद्दाको बारेमा भने ।
यसलाई फ्रान्सेली र अन्तर्राष्ट्रिय मिडियाले व्यापक महत्त्व दिएर प्रकाशन तथा सम्प्रेषण गरेका छन् ।
‘म तपाईँहरूसँग प्रतिज्ञा गर्दछु, म निश्चित रूपमा यो के हो भनेर खोजी गर्नेछ । यदि रूसी कानुनले अनुमति दिन्छ भने हामी हरसम्भव उहाँको रिहाईका लागि प्रयास गर्नेछौँ,’ पुटिनले भने ।
सन् २०२२ को फेब्रुअरीमा पुटिनले युक्रेनमा चौतर्फी आक्रमण गरेपछि पक्राउ परेका धेरै पश्चिमीमध्ये भिनाटियर पनि एक हुन् ।
रूसमा कैयौँ अमेरिकी नागरिकलाई पक्राउ गरिए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्ववर्ती जो बाइडेनको मध्यस्थतामा उनीहरूमध्ये धेरैलाई रिहा गरिएको छ ।
भिनाटियरको परिवारले उनीमाथि लागेको आरोपलाई अस्वीकार गर्दै उनी रूसको युद्धका कारण मस्को र पेरिसबीच छाएको तनावको शिकार भएको बताएको छ ।
प्रतिक्रिया 4