
२५ असोज, काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंले सेबास्टियन लेकोर्नूलाई प्रधानमन्त्री पदमा फिर्ता गर्ने बताएका छन् । लेकोर्नूले चार दिनअघि मात्रै प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।
राष्ट्रपति म्याक्रोंले शुक्रबार प्रमुख दलका नेताहरुसँग बैठक बसेको केही घण्टापछि लेकोर्नूलाई प्रधानमन्त्री पदमा फिर्ता गर्ने बताएको बीबीसीले जनाएको छ । सो बैठकमा अति दक्षिणपन्त्री र अति वामपन्थी नेताहरुबाहेक अन्य सबै दल सहभागी थिए ।
लेकोर्नु राष्ट्रपति म्याक्रोंको विश्वासपात्र मानिन्छन् । तर फ्रान्समा राजनीतिक अस्थिरताका कारण उनले राजीनामा दिएका थिए । साथै एक राष्ट्रिय टेलिभिजनमा उनले आफ्नो मिसन पूरा भइसकेकाले अब ‘नोकरीको पछाडि नलाग्ने’ बताएका थिए ।
तर, राष्ट्रपतिले उनलाई प्रधानमन्त्री पदमा फिर्ता गर्छु भनेर दिएको अभिव्यक्तिलाई भने आश्चर्यजनक मानिएको बीबीसीले जनाएको छ ।
फ्रान्स राजनीतिक अस्थिरताको दुष्चक्रमा फसेको छ । एक वर्षको अवधिमा चार जना प्रधानमन्त्रीले राजीनामा दिइसकेका छन् । लेकार्नूले प्रधानमन्त्री बनेको २७ दिनमै राजीनामा दिएका थिए ।
अप्ठ्यारोमा परेका राष्ट्रपति म्याक्रोंले नयाँ सरकार बनाउन सक्छन् कि सक्दैनन् भन्ने निश्चित छैन । किनकी अब बन्ने प्रधानमन्त्रीसँग आगामी वर्षको बजेट संसदमा पेस गर्न सोमबारसम्मको मात्र समय बाँकी छ ।
प्रतिक्रिया 4