+
+
Shares

‘काव्य साँझ : कल्प’मा बाँसुरीको धुनसँगै गुन्जिए डा. नवराज लम्साल

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २ गते १९:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महाकाव्यकार डा. नवराज लम्सालको चौथो महाकाव्य 'कल्प' केन्द्रित 'काव्य साँझ : कल्प' ललितपुरको मोक्षमा सम्पन्न भएको छ।
  • डा. लम्सालले 'कल्प'का हरफहरू सुनाउँदा डा. निरञ्जन भण्डारीले बाँसुरी प्रस्तुत गरेका थिए।
  • कार्यक्रममा साहित्य, शिक्षा र संस्कृति क्षेत्रका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो।

२ पुस, काठमाडौं । महाकाव्यकार डा. नवराज लम्सालको महाकाव्य ‘कल्प’केन्द्रित प्रस्तुति ‘काव्य साँझ : कल्प’ सम्पन्न भएको छ ।

ए क्युब प्रमोसनले आयोजना गरेको कार्यक्रममा डा. लम्सालले आफ्नो चौथो महाकाव्य ‘कल्प’का हरफहरू सुनाइरहँदा डा. निरञ्जन भण्डारीले बाँसुरी प्रस्तुत गरेका थिए । डा भण्डारी ललित कला क्याम्पसका बाँसुरीका प्राध्यापक हुन् ।

कल्प महाकाव्य प्रकृति संस्कृति र मानवताको त्रिवेणी मानिन्छ । वैश्विक चेतनाको भविष्यमुखी महाकाव्य मानिएको कल्पका हरफहरूसँग दर्शकहरू झुमेका थिए ।

लम्सालले केही काव्यका र केही निजी सन्दर्भहरू सुनाइरहँदा दर्शक दीर्घा निकै रोमाञ्चित भएको थियो।

यसरी बाँसुरीसहित महाकाव्य लिएर डाक्टर लम्साल मञ्चमा पहिलोपटक प्रस्तुत भएका हुन् । आफैँ पनि लामो समय रेडियो प्रसारणमामा बिताएका लम्सालले कविता वाचन गरिरहँदा धेरैले उनलाई रेडियो नेपाल र बिबिसीमा सुनेका ती दिनहरूको याद गरे ।

ललितपुरको झम्सिखेलस्थित मोक्षमा आयोजित काव्य साँझमा साहित्य, शिक्षा र संस्कृति क्षेत्रका अगुवाहरूसँगै विभिन्न पेशा र व्यवसायका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो ।

डा. लम्साल नेपाली साहित्य र आधुनिक सञ्चारका अगुवा मानिन्छन्। उनका चार महाकाव्य सहित १० पुस्तक प्रकाशित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?