+
+
Shares

एसईई नतिजा गत वर्षभन्दा ५ प्रतिशत सुधार

शिक्षा सचिव चुडामणि पौडेलका अनुसार यसपटक गत वर्षभन्दा नतिजा सुधार भएको हो । गत वर्ष ६१.८१ प्रतिशत उतीर्ण भएकोमा यसपाली यो संख्या बढेर ६५.९८ पुगेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते २१:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय परिक्षा बोर्डले २८ वैशाखमा एसईईको नतिजा सार्वजनिक गरेको छ जसमा ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्।
  • शिक्षा सचिव चुडामणि पौडेलले यसपटक एसईई नतिजा गत वर्षभन्दा सुधार भएको उल्लेख गर्नुभयो।
  • यसपाली कुल २ लाख ८४ हजार १६० जना पास भएका छन् र १ लाख ४६ हजार ५०७ जना नन् ग्रेडेड भएका छन्।

२८ वैशाख, भक्तपुर । राष्ट्रिय परिक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । यस वर्ष एसईईको परीक्षामा ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । यो विगतको भन्दा नतिजामा सुधार भएको हो ।

गत वर्ष ६१.८१ प्रतिशत ग्रेडेडका भएका थिए । शिक्षा सचिव चुडामणि पौडेलका अनुसार यसपटक गत वर्षभन्दा नतिजा सुधार भएको हो ।

गत वर्ष ६१.८१ प्रतिशत उतीर्ण भएकोमा यसपाली यो संख्या बढेर ६५.९८ पुगेको छ ।

यसपाली कुल २ लाख ८४ हजार १६० जना पास भएको छ । गत वर्ष यो संख्या २ लाख ७१ हजार २ सय ९९ पास भएका थिए ।

यसपाली १ लाख ४६ हजार ५०७ जना नन् ग्रेडेड भएका छन् । गत वर्ष १ लाख ६७ हजार ५९७ जना नन् ग्रेडेड भएका थिए ।

यसपाली सबैभन्दा बढी २.८० देखि ३.६० जीपीए ल्याउने ९४ हजार २ सय २२ छन् ।

जीपिए ३.६० देखि ४.०० ल्याउने ४८ हजार ३ सय ९२ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?