+
+
Shares

रिलिज पूर्वसन्ध्यामा ‘लालीबजार’ को प्रिमियर (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २५ गते १२:३४
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'लालीबजार' क्यूएफएक्सको सिभिल हलमा प्रिमियर गरिएको छ, जहाँ फिल्मकर्मी, संचारकर्मी र राजनीतिज्ञ सहभागी थिए।
  • मदनकृष्ण श्रेष्ठले फिल्मलाई 'सबै पक्षमा अब्बल' भने भने, हरिवंश आचार्यले सामाजिक सन्देशसहित मनोरञ्जनात्मक फिल्म भएको बताए।
  • फिल्मले वादी समुदायको कथा प्रस्तुत गरेको छ र शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ।

काठमाडौं । प्रदर्शनको पूर्वसन्ध्यामा फिल्म ‘लालीबजार’ लाई प्रिमियर गरिएको छ । क्यूएफएक्सको सिभिल हलमा आयोजित समारोहमा फिल्मकर्मी, संचारकर्मी, राजनीतिज्ञ सहभागी रहे ।

फिल्म हेरेपछि महजोडी अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सकारात्मक प्रतिक्रिया दिए । उनीहरूले कथावस्तु, निर्देशकीय पक्ष, कलाकारको अभिनयको प्रशंसा गरे ।

श्रेष्ठले पर्फेक्ट फिल्म लागेको प्रतिक्रिया दिए । उनले भने, ‘यो फिल्म सबै पक्षमा अब्बल छ, नेपाली कथालाई निकै राम्रोसँग पर्दामा प्रस्तुत गरिएको छ । आमा र छोरीको भावनात्मक सम्बन्धलाई फिल्मले निकै राम्रोसँग प्रस्तुत गरेको छ ।’

आचार्यले सामाजिक सन्देशसहित फिल्म मनोरञ्जनात्मक बनेको बताए । ‘शब्दमा प्रसंशा गर्न सकिरहेको छैन । एकदमै राम्रो छ, मैले हेरेका मध्येमा राम्रो फिल्मको सूचीमा पर्छ लालीबजार’, अभिनेता आचार्यले भने ।

फिल्म हेर्न पुगेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले फिल्मले सामाजिक विभेद र त्यसविरुद्ध उठाउनुपर्ने कदमलाई फिल्मी शैलीमा सबैले बुझ्ने गरी देखाइएको बताइन ।

नेता रवीन्द्र मिश्रले नेपाली समाजको एउटा कालखण्डको क्रुर र पीडादायी विभेदको विषयलाई ‘लालीबजार’ फिल्ममा कलात्मक र सशक्त ढङ्गबाट चित्रण गरिएको बताए ।

बादी समुदायकी अभियन्ता देवीसरा बादीले फिल्मको विषयवस्तुले आफ्नो आमाको सङ्घर्षलाई स्मरण गएको बताइन । उनले भनिन्, ‘यो फिल्म मेरो पनि कथा हो । मेरो आमाले पनि मलाई सङ्घर्ष गरेर पढाउनु भयो, मैले फिल्म हेरिरहँदा आमालाई देखे । यो हरेक आमा र छोरीले हेर्न पर्ने फिल्म बनेको छ ।’

निर्देशक यम थापाले फिल्मले पाएको प्रतिक्रियाले आफू उत्साहित रहेको बताए । फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा आर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कडायत, निश्चल पन्थी र विरवल चौधरीको अभिनय छ ।

कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता हुन् । वादी समुदायको कथा पेश गर्ने यो फिल्म शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?