News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘लालीबजार’ प्रदर्शनविरुद्ध दायर रिटमा आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ।
- अदालतले १५ वैशाखमा तत्कालको लागि प्रदर्शन रोक्न आदेश दिएको थियो।
- रोशनी नेपालीले फिल्मका केही दृश्य र संवादमा आपत्ति जनाउँदै रिट दायर गरेकी थिइन्।
काठमाडौं । फिल्म ‘लालीबजार’ प्रदर्शनविरुद्ध दायर रिटमा आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ । न्यायाधीशद्धय गीताप्रसाद तिम्सिना र दीपक खनालको संयुक्त इजलासमा पेसी तोकिएको छ ।
अदालतले १५ वैशाखमा तत्कालको लागि प्रदर्शन रोक्न आदेश दिएको थियो । अदालतले वादी र प्रतिवादी दुवै पक्षलाई छलफलको लागि बोलाएको छ ।
रोशनी नेपाली वादीले फिल्मका केही दृश्य र संवादमा आपत्ति जनाउँदै रिट दायर गरेकी थिइन् । आजको मुद्दामा संचार तथा सूचना प्रविधि मन्त्रालय समेतलाई विपक्षी बनाइएको छ ।
१८ वैशाखदेखि रिलिज तयारीमा रहेको यम थापा निर्देशित फिल्म अदालतको आदेशले रोकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4