+
+
Shares

गगन थापा र शेखर कोइरालाबीच एक घण्टा छलफल

पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतबाट निरूपण भएपछि पहिलोपटक दुई नेताबीच भेटवार्ता भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २२ गते १४:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच पार्टीको आधिकारिकतासम्बन्धी विवादपछि पहिलोपटक भेटवार्ता भएको छ।
  • थापा र कोइरालाबीच विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा एक घण्टा छलफल भएको छ।
  • सभापति थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग पनि छलफल गर्ने तय भएको छ।

२२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच छलफल भएको छ । पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतबाट निरूपण भएपछि पहिलोपटक दुई नेताबीच भेटवार्ता भएको हो ।

उनीहरूबीच विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा एक घण्टा छलफल भएको बताइएको छ । कोइरालाको सचिवालयले भेटवार्ताको पुष्टि गरे पनि छलफलको विषय खुलेको छैन ।

सभापति थापाले मंगलबार नै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग छलफल गर्ने तय भएको छ ।कांग्रेसका एक पदाधिकारीका अनुसार सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माले नेता खड्कासँग छलफल गर्ने छन् ।

यसअघि सभापति थापाले ६ वैशाखमा निवर्तमान सभापति खड्कासँग भेटवार्ता गरेका थिए । ४ वैशाखमा सर्वोच्च अदालतले पार्टीको आधिकारिकता दाबी गर्दै खड्काले दायर गरेको रिट खारेज गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?