+
+
Shares

चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १५ गते १४:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उच्च अदालत पाटनले चलचित्र ‘लालीबजार’ को प्रदर्शन २२ वैशाखसम्म रोक्न आदेश दिएको छ।
  • वादी समुदायकी रोशनी नेपालीले चलचित्रका केही शब्दहरूमा आपत्ति जनाउँदै रिट दायर गरेकी थिइन्।
  • केन्द्रीय चलचित्र जाँच समितिले सोमबार मात्र ‘लालीबजार’ लाई युनिभर्सल प्रमाणपत्र दिएको थियो।

१५ वैशाख, काठमाडौं । चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतले आदेश जारी गरेको छ ।

उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए ।

वादी समुदायको तर्फबाट रोशनी नेपालीले मुद्दा दायर गरेकी थिइन् । चलचित्रका केही शब्दहरूमा आपत्ति जनाउँदै नेपालीले रिट दायर गरेकी थिइन् ।

यम थापा निर्देशित फिल्म १८ बैशाखदेखि प्रदर्शन तयारीमा थियो ।

षट्कोण आर्टसले निर्माण गरेको फिल्म वादी समुदायका महिलाले गर्ने संघर्षको कथावस्तुमा आधारित छ ।

सोमबार मात्रै केन्द्रीय चलचित्र जाँच समितिले यो फिल्मलाई युनिभर्सल प्रमाणपत्र दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?