+
+
Shares

इरानसँग सम्झौता भए पनि हिजबुल्लाहविरुद्धको युद्ध रोकिंदैन : नेतान्याहुँ

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते ९:१०

२८ वैशाख, काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लेबनानमा सक्रिय शिया मिलिसिया हिजबुल्लाहविरुद्धको सैन्य कारबाही रोक्न इजरायल तयार नभएको स्पष्ट पारेका छन् ।

सीबीएस न्युजसँगको अन्तर्वार्ताका क्रममा उनले अमेरिका र इजरायलको इरानसँगको युद्ध अन्त्यका लागि हुने कुनै पनि सम्झौताका नाममा हिजबुल्लाहविरुद्धको लडाइँ नरोकिने बताएका हुन् ।

इरानसँगको शान्ति सम्झौताको बदलामा हिजबुल्लाहसँगको शत्रुता अन्त्य गर्न इजरायल सहमत हुन्छ भन्ने प्रश्नको उत्तरमा नेतान्याहुले स्पष्टसँग ‘हुँदैन’ भन्दै आफ्नो अडान राखेका छन्। यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यस्तो माग गरेको खण्डमा इजरायलको कदम के हुनेछ भन्ने जिज्ञासालाई भने उनले पन्छाएका छन्।

प्रधानमन्त्री नेतान्याहुले क्षेत्रीय सुरक्षाको मुख्य जरो इरान रहेको उल्लेख गर्दै इरानको शक्ति कमजोर हुनु वा त्यहाँको सत्तामा आमूल परिवर्तन आउनु नै अन्य सशस्त्र समूहहरूको अन्त्यको आधार भएको दाबी गरेका छन्।

उनले यदि इरान उल्लेख्य रूपमा कमजोर भएमा वा त्यहाँको शासन व्यवस्थामा परिवर्तन आएमा हिजबुल्लाह, हमास र यमनका हुथी विद्रोहीहरूको सञ्जाल स्वतः ध्वस्त हुने विश्वास व्यक्त गरेका छन्। नेतान्याहुको यो पछिल्लो अभिव्यक्तिले लेबनान सीमामा जारी तनाव तत्काल मत्थर हुने सम्भावना निकै कम देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?