
काठमाडौं । उद्यमी तथा साहित्यकार बसन्त चौधरीद्वारा लिखित दुई काव्यकृति सार्वजनिक गरिएको छ । ललितपुरको पुल्चोकस्थित द प्लाजामा उर्दु एकेडेमी नेपालले आयोजना गरेको ‘शाम–ए–बसन्त’मा उनका उर्दु र हिन्दी गजलकृति ‘ठहरे हुए लम्हे’ र ‘वक्त रुकता नहीं’ लोकार्पण गरियो ।
उर्दु र हिन्दी गजलसंग्रह ‘ठहरे हुए लम्हे’ बसन्त सागरका नामबाट प्रकाशित छन् ।उर्दु एकेडेमी नेपालका अध्यक्ष इम्तियाज वाफाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा साहित्यकार धीरेन्द्र प्रेमर्षीले कवि बसन्तको सिर्जनशीलताको चर्चा गरे । उनले बसन्तको लेखनको अभिष्ट हृदयको गहिराइ भएको उल्लेख गरे ।
गजलकार तथा कवि बसन्त चौधरीले सार्वजनिक गरिएका कृतिबाट केही गजलवाचन गरे । आफू प्रेमका कविता र गजलका बीचमा जिउने प्रयास गरेको उनले सुनाए ।अध्यक्ष इम्तियाज वफाले गजलकार बसन्तको सोच उनका कवितामा प्रतिविम्बित भएको बताए ।
कार्यक्रममा प्रकाश सायमीले ‘ठहरे हुए लम्हे’माथि र डा धनेश द्विवेदीले ‘वक्त रुकता नहीं’माथि समीक्षात्मक मन्तव्य राखेका थिए ।
डा. सनतकुमार वस्ती, सकिना खान, अन्जुम, डा. द्विवेदी, सायमी र डा. श्वेता दीप्तिले विमोचित कृतिबाट गजलहरू वाचन गरेका थिए ।
प्रतिक्रिया 4