News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले २८ वैशाखका लागि सुनको भाउ प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँ तोकेको छ।
- सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला ४ हजार ४ सय रुपैयाँले बढेको छ।
- चाँदीको मूल्य पनि प्रतितोला ३५५ रुपैयाँले बढेर ५ हजार ६९५ रुपैयाँ पुगेको छ।
२८ वैशाख, काठमाडौं । सुनको भाउ फेरि ३ लाख रुपैयाँ नाघेको छ । अघिल्लो दिनको तुलनामा मंगलबार एकैदिन प्रतितोला ४ हजार ४ सय रुपैयाँले मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । गत मंगलबार सुनको भाउ प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि आज भारी दरले बढेको छ । एकैदिन प्रतितोला ३५५ रुपैयाँ (६.६ प्रतिशत)ले चाँदी बढेको हो । महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला ५ हजार ६९५ रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन ५ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै गत मंगलबार ४ हजार ८८० रुपैयाँमा सुनको कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4