News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेर ३ लाख १५ हजार ४ सय रुपैयाँ तोकेको छ।
- अघिल्लो दिन सुनको भाउ ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
- चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेर ५ हजार ७२५ रुपैयाँ पुगेको छ।
१४ फागुन, काठमाडौं । बिहीबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ ।
महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १५ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।
आज चाँदी पनि तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ७१५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ७२५ रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4