+
+
Shares

तोलामा ३ हजार ६ सय रुपैयाँ घट्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते ११:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको भाउ प्रतितोला २ लाख ९४ हजार रुपैयाँ तोकेको छ।
  • सुनको भाउ अघिल्लो दिनको २ लाख ९७ हजार ६ सय रुपैयाँबाट ३ हजार ६ सय रुपैयाँले घटेको छ।
  • चाँदीको भाउ पनि १६५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको छ।

१९ चैत, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ३ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९४ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९७ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

समग्रमा विगत एक सातामा सुनको भाउ ८ हजार ४ सय रुपैयाँ बढेको छ । गत बिहीबार २ लाख ८५ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आज चाँदी पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १६५ रुपैयाँ घटेको हो । हिजो प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७८० रुपैयाँमा झरेको छ । गत बिहीबार चाँदी प्रतितोला ४ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?