+
+
Shares

सुनको भाउ घट्यो, चाँदी बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १५ गते १०:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँ घटेर ३ लाख १४ हजार ९ सय रुपैयाँ तोकेको छ।
  • सुनको भाउ माघ १५ गते ३ लाख ३९ हजार रुपैयाँ पुगेर हालसम्मकै उच्च रेकर्ड बनाएको थियो।
  • चाँदीको भाउ भने शुक्रबार १५ रुपैयाँ बढेर प्रतितोला ५ हजार ७४० रुपैयाँ पुगेको छ।

१५ फागुन, काठमाडौं । शुक्रबार सुनको भाउ सामान्य घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ५ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

सुनको भाउ घट्दा पनि आज चाँदी बढेको छ । अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ बढेर ५ हजार ७४० रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?