+
+
Shares

तोलामा ३ हजार ४ सय रुपैयाँ बढ्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १८ गते १२:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको भाउ प्रतितोला ३४०० रुपैयाँ बढाएर २ लाख ९६ हजार १ सय रुपैयाँ तोकेको छ।
  • चाँदीको भाउ पनि १३५ रुपैयाँ बढेर प्रतितोला ४ हजार ९४५ रुपैयाँ पुगेको छ।
  • अघिल्लो दिन सुनको भाउ २ लाख ९२ हजार ७ सय र चाँदीको भाउ ४ हजार ८१० रुपैयाँ थियो।

१८ वैशाख, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख ९६ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९२ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यस्तै गत शुक्रबार २ लाख ९६ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ आज तोलामा १३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८१० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९४५ रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?