News Summary
Generated by OK AI. Editorially reviewed.- ७ वर्षीय भारतीय बालक ईशांक सिंहले श्रीलंकादेखि भारतसम्म २९ किलोमिटर दूरी ९ घण्टा ५० मिनेटमा पौडेर कीर्तिमान कायम गरेका छन्।
- युनिभर्सल रेकर्ड्स फोरमले सिंहलाई विश्वकै सबैभन्दा कम उमेरका पौडीबाजको प्रमाणपत्र प्रदान गरेको छ।
- राँचीका सांसद तथा केन्द्रीय रक्षा राज्यमन्त्री सञ्जय सेठले सामाजिक सञ्जालमार्फत ईशांकलाई बधाई दिएका छन् र यसलाई भारतका लागि स्वर्णिम उपलब्धि भनेका छन्।
१८ वैशाख, काठमाडौं । भारत झारखण्डको राँची निवासी करिब ७ वर्षीय बालक ईशांक सिंहले श्रीलंकादेखि भारतसम्म पौडिएर रेकर्ड राखेका छन् ।
२९ किलोमिटरको दुरी उनले ९ घण्टा ५० मिनेटमा पार गरेका थिए । उनी पौडिँदै श्रीलंकाको तलाईमन्नारदेखि भारतको धनुषकोडीसम्म पुगेका थिए ।
यो दुरी पार गर्ने उनी विश्वकै सबैभन्दा कम उमेरका पौडीबाज भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यस असाधारण उपलब्धिका लागि युनिभर्सल रेकर्ड्स फोरम (यूआरएफ)ले सिंहलाई कीर्तिमान कायम गरेको प्रमाणपत्र प्रदान गरेको छ ।
ईशांकअघि यो कीर्तिमान तमिलनाडुका जय जसवन्तका नाममा थियो । उनले सन् २०१९ मा १० वर्षको उमेरमा श्रीलंकाको तलाईमन्नारदेखि भारतको धनुषकोडीसम्मको दूरी १० घण्टा ३० मिनेटमा पूरा गरेका थिए ।
राँचीको डोरन्डास्थित जवाहर विद्या मन्दिर श्यामली विद्यालयमा कक्षा ३ मा अध्ययनरत ईशांकले यो लक्ष्य हासिल गर्न धुर्वा बाँधमा दैनिक ४–५ घण्टा कडा अभ्यास गरेका थिए ।
9 घंटे 50 मिनट में 29 KM की तैराकी… 7 साल के नन्हे तैराक ने बनाया वर्ल्ड रिकॉर्ड
रांची के धुर्वा के 7 वर्षीय नन्हे तैराक इशांक ने इतिहास रचते हुए श्रीलंका के तलाईमन्नार से भारत के धनुषकोड़ी तक लगभग 29 किलोमीटर का खतरनाक समुद्री रास्ता 9 घंटे 50 मिनट में तैरकर वर्ल्ड रिकॉर्ड… pic.twitter.com/lCiJnogAsI
— NDTV India (@ndtvindia) May 1, 2026
उनले आफ्ना प्रशिक्षक अमन जयसवाल र बजरंग कुमारको मार्गदर्शनमा विशेष प्रशिक्षण प्राप्त गरी यो सफलता हासिल गरेका हुन् ।
उनी पौडिरहँदा अघिपछि डुंगामार्फत् पछ्याइएको थियो ।

राँचीका सांसद तथा केन्द्रीय रक्षा राज्यमन्त्री संजय सेठले सामाजिक सञ्जालमार्फत ईशांक सिंहलाई बधाई दिएका छन् ।
उनले लेखेका छन्, ‘राँचीको बच्चाको कमाल ! राँचीका बालक पौडीबाज ईशांक सिंहले २९ किलोमिटर लामो पाक जलडमरूमध्य पार गर्दै विश्व कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । यो भारतका लागि पनि स्वर्णिम उपलब्धि हो । उनले केवल ९ घण्टा ५० मिनेटमा तलाईमन्नार (श्रीलंका) देखि धनुषकोडी (भारत) सम्मको यात्रा पौडिएर पूरा गरे र यस्तो गर्ने विश्वकै सबैभन्दा कम उमेरका पौडीबाज बने ।’

प्रतिक्रिया 4