+
+
Shares

स्नो रिभर्सको आईपीओ खुल्यो, कस्तो छ कम्पनी ?

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २९ गते ११:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्नो रिभर्स लिमिटेडले ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत अर्थात् १८ लाख ७५ हजार कित्ता प्राथमिक सेयर सर्वसाधारणका लागि जारी गरेको छ।
  • सेयर आवेदन मेरोसेयर वा सीआस्बा सदस्य बैंकबाट जेठ १ गतेसम्म न्यूनतम १० र अधिकतम १ हजार कित्ताका लागि दिन सकिनेछ।
  • कम्पनीले ताप्लेजुङमा १३.५ मेगावाट क्षमताको सुपर काबेली खोला ए जलविद्युत आयोजना सञ्चालन गरेको छ र बीबी प्लस रेटिङ पाएको छ।

२९ वैशाख, काठमाडौं । आम सर्वसाधारणका लागि मंगलबारदेखि स्नो रिभर्स लिमिटेडको प्राथमिक सेयर (आईपीओ) खुलेको छ ।

अंकित मूल्य १ सयका दरले जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत अर्थात् १८ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्दैछ ।

जसमध्ये आयोजना प्रभावित स्थनीय, वैदेशिक रोजगारमा रहेका, सामूहिक लगानी कोष, कर्मचारी लगायतलाई छुट्याएपछि बाँकी रहेको ७ लाख ७८ हजार १२५ कित्ता सेयर सर्वसाधारणका लागि खुला भएको हो । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

अनलाइन प्रणाली मेरोसेयर वा सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट जेठ १ गतेसम्म आवेदन दिन सकिनेछ। न्यूनतम १० अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

कस्तो छ कम्पनी ?

इक्रा नेपालले कम्पनीलाई बीबी प्लस रेटिङ प्रदान गरेको छ । जसले कम्पनी दायित्व वहन क्षमतामा मध्यम स्तरमा रहेको जनाउँछ । कम्पनीले ताप्लेजुङमा १३.५ मेगावाट क्षमताको ‘सुपर काबेली खोला ए जलविद्युत आयोजना’ सञ्चालन गरेको छ ।

गत पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार प्रतिसेयर नेटवर्थ १०७. ४६ रुपैयाँ छ । प्रतिसेयर आम्दानी ४.९८ रुपैयाँ छ । संचित नाफा ५ करोड ५९ लाख रुपैयाँ छ ।

कम्पनीले सञ्चालन गरेको आयोजनाको लागत प्रतिमेगावाट २० करोड १४ लाख रुपैयाँ छ । कुल लागत २ अर्ब ७१ करोड रुपैयाँ छ । आयोजनाको साधारण लगानी फिर्ता अवधि ८.१७ वर्ष रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?