+
+
Shares

सर्वसाधारणलाई एपोलो हाइड्रोपावरको आईपीओ खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २६ गते ११:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एपोलो हाइड्रोपावरले १४ लाख १० हजार कित्ता प्राथमिक सेयर सर्वसाधारणका लागि निष्कासन गरेको छ।
  • आईपीओमा न्यूनतम १० र अधिकतम ९४ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ र आवेदन चैत ३० गतेसम्म खुला रहनेछ।
  • कम्पनीले सोलुखुम्बु र ओखलढुंगाको बुकुखोलामा ६ मेगावाट क्षमताको विद्युत् आयोजना सम्पन्न गरेको छ।

२६ चैत, काठमाडौं । आम सर्वसाधारणका लागि एपोलो हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुलेको छ । कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो ।

जसमध्ये आयोजना प्रभावित, वैदेशिक रोजगारमा रहेका, सामूहिक लगानी कोष तथा कर्मचारीलाई बाँडफाँटपछि बाँकी रहेको ७ लाख ८० हजार २०० कित्ता सेयर बिहीबारदेखि आम सर्वसाधारणका लागि निष्कासन भएको हो ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ९४ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । चैत ३० गतेसम्म अनलाइन प्रणाली मेरोसेयर वा सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।

कस्तो छ कम्पनी ?

कम्पनीले सोलुखुम्बु र ओखलढुंगाको सिमा क्षेबाट बग्ने बुकुखोलामा विद्युत् आयोजना निर्माण गरेको छ । ६ मेगावाट क्षमताको सो आयोजना रनअफ रिभरमा आधारित छ । आयोजना सम्पन्न भइसकेको छ ।

कम्पनीको प्रतिसेयर नेटवर्थ आर्थिक वर्ष २०८१/८२ मा १११.९९ रुपैयाँ छ । त्यस्तै सो अवधिमा प्रतिसेयर आम्दानी ४.७० रुपैयाँ छ । कम्पनीले केयर रेटिङबाट बीबी माइनस रेटिङ पाएको छ ।

आयोजनाको कुल लागत १ अर्ब ३७ करोड रुपैयाँ छ । प्रतिमेगावाट लागत २२ करोड ८६ लाख रुपैयाँ छ । साधारण लगानी फिर्ता अवधि ७.७७ वर्ष रहेको छ । केयर रेटिङ नेपालले बीबी माइनर रेटिङ प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?