Comments Add Comment

साहित्य

List Grid
‘लकडाउन’मा के गर्दैछन् संसारका नेपाली साहित्यकार ?

१९ चैत, वृन्दावन (भारत) । कोरोना भाइरसका कारण विश्व आक्रान्त छ । मानव जातिको अस्तित्वमै संकट आएको त होइन ? भन्ने अत्यन्त भयग्रस्त विचारहरू पनि आउन थालेका छन् । विश्वको सामाजिक र आर्थिक अवस्था डामाडोल उन्मूख छ । यस्तो अवस्थामा संसारभर छरिएर रहेका नेपाली साहित्यकारहरूको के अवस्था छ ? के भोग्दैछन् र के सोच्दैछन् त […]

कविज्यू कोही ध्यान सिक्दै, कोही खाँदै-पिउँदै

१९ चैत, काठमाडौं । लकडाउनको अवधिमा साहित्यकारहरूले फुर्सद पाएका छन् । हामीले काठमाडौंका केही कविहरुलाई लकडाउनमा के गर्दै हुनुहुन्छ भनेर सोध्दा उनीहरुले रमाइला कुरा सुनाए । अरु समयमा कार्यालयको काम र कार्यक्रमको चटारोमा रहने साहित्यकारले पढ्ने, लेख्ने र केही नयाँ सोच्ने समय पाएको बताएका छन् । लकडाउनको अवधि लम्बिएपछि कतिपय साहित्यकारले सूची नै बनाएर पढ्ने […]

कविता : आदत

खतरनाक हुन्छ आदत हिरोसिमामा खसाइएको बमभन्दा पनि खतरनाक ! आत्मघाती हुन्छ आतंकवादीले शरीरमा लुकाएको ग्रिनेडभन्दा पनि अनि कहिले त विश्वासघात बनेर आफ्नै प्रेयसीले धस्ने छुरा बन्छ आदत ! फेरिन्छ गते, महिना र साल फेरिन्छन् पात्रहरू र पनि, उस्तै हुन्छ समयको आदत हरेकचोटि आन्दोलनको आँधी उठ्छ, र, एक मुठ्ठी उज्यालोका लागि स्वप्नद्रष्टा निभाउँछन् जीवनको दीयो जसै […]

चिकित्सक बाहिरको काममा जान्छन्, परिवारका सदस्यलाई डर हुन्छ : निहारिका

१७ चैत, काठमाडौं । मदन पुरस्कार विजेता साहित्यकार नीलम कार्की निहारिकाले कोरोना भाइरसबाट सबै नेपालीलाई सुरक्षित रहन आग्रह गरेकी छन् । एक भिडियोमार्फत् कार्कीले संयुक्त राज्य अमेरिकामा आफ्ना श्रीमान् (भाष्कर कुमार क्षेत्री) डाक्टर भएकाले परिवारका सदस्यले घरमा विशेष सतर्कता अपनाएको बताएकी छन् । कार्कीका अनुसार उनी बस्ने न्यूयोर्कमा श्रीमान् अस्पतालबाट आउँदा–जाँदा छुट्टै कोठा र भान्सा […]

काठमाडौंका नाटकघर बन्द भए

९ चैत काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड-१९)का कारण नाटकघरहरु पनि बन्द भएका छन । शिल्पी, मण्डला, शैली, सर्वनामलगायत आधा दर्जन थिएटर आइतबारदेखि बन्द भएका हुन् । कोरोनाको संक्रमणबाट बच्न सुरक्षित हुनुपर्ने बेला आएकोले स्थिति सामान्य नभएसम्म थिएटरहरु बन्द गरिएको शिल्पी थिएटरका मोहन प्रकाश गौतमलेे बताए । ‘नाटक घरहरुमा नाटक मञ्चन, तालिम दिने काम रोकिएकोे […]

कथा : वयान

‘कृपया हाँस !  तिमीहरू दिल फुकाएर हाँस ।’ ‘तिमीहरूको हाँसोको नै कदर हुन्छ यहाँ ।’ ‘हाँस्दैनौ ? त्यसो भए मुटु निचोरेर रोऊ । तिमीहरू रूनुको यहाँ अर्थ हुन्छ ।’ ‘रूँदैनौ ?’ ‘त्यसो भए गाला फुलाएर रिसाऊ । तिमीहरू रिसाउनुको यहाँ संकेत हुन्छ ।’ …. …. … ‘उफ् ! तिमीहरू न हाँस्छौ, न रून्छौ, न रिसाउँछौ […]

नियात्रा : भगवानको मान्छे

प्यूँउल्वीन बर्माको ठूला सहरमध्येको एउटा सहर, जहाँ गोरखालीहरूको संख्या ठूलो छ । नेपालको पहाडी भेकको हावापानीसँग मेल खाने यो इलाकामा एउटा ठूलो सैनिक व्यारेक भएर नै सम्भवतः गोरखालीको भीड बाक्लो भएको हो । वर्माको राजधानी रंगुनबाट म प्यूँउल्वीन जाँदै थिएँ । एकजना गोरखाली भाइमार्फत मैले फोनबाटै बसको टिकट लिएँ । उनी आफैं टिकट पुर्याउन शंकरजीको […]

उपेन्द्र सुब्बा देखिए जति राम्रोचाहिँ होइन है !

८ चैत, काठमाडौं । कुनै समय सहरमा उपेन्द्र सुब्बा कविका रुपमा चर्चित थिए । बिस्तारै उनको कविता कम प्रकाशित हुन थाल्यो । बरु लिम्बू समुदाय र पहाडी जनजीवनको मर्म मिसिएका कथा पत्रपत्रिकामा छापिन थाले । अनि उपेन्द्र सुब्बा (उपेन्द्रबहादुर आङेदेम्बे) को चर्चा कथाकारको रुपमा हुन थाल्यो । त्यही बखत उनको ‘लाटो पहाड’ कथासंग्रह आयो । […]

कोरोनाको त्रासले रोकिए साहित्यिक कार्यक्रम

७ चैत, काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमका कारण पछिल्लो दुई सातादेखि ठूला साहित्यिक कार्यक्रम पनि रोकिएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठान, संगीत नाट्य प्रतिष्ठान तथा ललितकला प्रज्ञा प्रतिष्ठानले गर्ने कार्यक्रम रोकिएका छन् । प्रज्ञाले सरकारको निर्देशनको पालना गर्दै चैत्र महिनामा हुने सबै कार्यक्रम रोकेको नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव जगतप्रसाद उपाध्यायले अनलाइनखबरलाई बताए । उनले […]

शिल्पीका नाटक युट्युबमा

४ चैत, काठमाडौं । विश्वभरि नै सामान्यतायाः युट्युबमा नाटक राख्ने गरिँदैन । कलाको सबै विधा प्रयोग हुने नाटकका दर्शक पनि कमै हुने गर्छन् । तर शिल्पी थिएटरले भने दर्शकलाई नाटक हेर्न र बुझ्न सहज हुने लक्ष्यले मञ्‍चन भइसकेका पुराना नाटक युट्युबमा राख्ने चलन सुरु गरेको छ । शिल्पीले अहिलेसम्म ५ वटा नाटक युट्युबमा हालिसकेको निर्देशक […]

तुलसी दिवसलाई देवकुमारी पुरस्कार

३ चैत, काठमाडौं । बबरसिंह सेवा गुठी विराटनगरले २०७६ को ‘देवकुमारी थापा स्मृति पुरस्कार तथा सम्मान’ संस्कृतिविद् तुलसी दिवसलाई दिने भएको छ । उक्त गुठीले प्रदान गर्ने उक्त पुरस्कार राशी ५१ हजार रुपैयाँको रहेको छ  । यस्तै २५ हजार राशीको ‘बबरसिंह थापा स्मृति सम्मान कलाकार’ इटहरीका कलाकार बिक्रम श्रीलाई दिइने भएको छ  । संस्थाको पुरस्कार छनोट […]

हास्य र गाम्भीर्यको सिम्फोनी 

‘अध्ययन गर्दा कहिल्यै मर्दिनँ भन्ने भावना राख, तर व्यवहार गर्दा भोलि मर्छु भन्ने सम्झ ।’ अब्राहम लिंकनको यो भनाइ डीपी भण्डारीको जीवनसँग निकै मिल्छ । पूरा ८४ वर्षको अध्ययनशील जीवन व्यतित गरेका यी प्राध्यापकले ‘कहिल्यै नमर्ने’ सम्झेर अध्ययन गरे । विद्यार्थीकालमा मात्र होइन प्राध्यापक भइसक्दा पनि निरन्तर अध्ययन गर्ने उनको बानी सबैका लागि अनुकरणीय बन्यो […]

कविता र गजलमा पनि रोयल्टी

२ चैत, काठमाडौं । नेपालमा रोयल्टी भन्नेबित्तिकै संगीत क्षेत्रमा लागेका कलाकारले पाउने रकम भन्ने बुझिन्छ । लामो समय संगीत र फिल्म क्षेत्रबाट मात्र रोयल्टी दिइने चलनले आम मानिसमा यो धारणा बसेको छ । तर अहिले पुस्तक, नाटक र जुनसुकै सिर्जनात्मक कामको पनि रोयल्टी लिने चलन बढेको छ । यट्युबमा कविता, गजल र मुक्तक प्रसारण गरिहेको […]

‘मेरो प्रतिस्पर्धा मैसित छ, अरुको शर्तमा जिन्दगी बाँचिनँ’

१ चैत, काठमाडौं । सरस्वती प्रतीक्षा शुरुमा कविका रुपमा परिचिति थिइन् । २०७४ सालमा ‘नथिया’ उपन्यास प्रकाशनपछि उनलाई आख्यानकारका रुपमा हेर्न थालियो । वादी समुदायमाथि लेखिएको नथिया चर्चित र विवादित पनि बन्यो । उपन्यासकै कारण प्रतीक्षाविरुद्व अदालतमा मुद्दासमेत पर्‍यो । अघिल्लो साता सरस्वतीले ‘राष्ट्रिय कलाश्री युवा पुरस्कार’ पाइन् । पोखरा बसेर साहित्यमा सक्रिय प्रतीक्षासँग अनलाइनखबरका […]

महामारी साहित्य : कामुको ‘द प्लेग’

विश्व साहित्यमा महामारीका विषयमा लेखिएका विश्वविख्यात कृतिहरु अनेक छन् । ती सबैको चर्चा एउटा सानो समयानुकूल सान्दर्भिक लेखमा सम्भव छैन । तर, विश्व साहित्यका महान साहित्यकार अल्वेयर कामुको ‘द प्लेग’ को चर्चा गर्नु सान्दर्भिक ठान्दछु । सन् १३४६ देखि १३५३ सम्म युरोपमा फैलिएको प्लेगले झण्डै १० करोड मानिसको ज्यान लिएको थियो । पछि यसलाई लिएर […]

साताका  पाँच पुस्तक : उपन्यासदेखि र राजनीतिक रचनासम्म

१ चैत, काठमाडौं । यो साता पुस्तक बजारमा उपन्यास र निबन्धको चर्चा बढी रहृयो । गत शनिबार प्रकाश कोइरालाको उपन्यास ‘प्रपञ्च’ सार्वजनिक भयोे । यस्तै विन्दा पाण्डेको ‘समानताका पाइलाहरूः राजनीतिक आन्दोलनको महिलावादी विश्लेषण’ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका अवसर पारेर बजारमा आयो । यस्तै महेश्वर पन्तको उपन्यास ‘फुर्लुङ’ र गंगा श्रेष्ठको ‘चिवाभञ्ज्याङ-झुलाघाट, मध्यपहाड यात्रा’ निबन्ध/लेख संग्रह […]

श्याम साहलाई मनपर्ने ५ कथा

१ चैत, काठमाडौं । सिराहाका कथाकार श्याम साहको ‘अब्बा’ कथासंग्रह प्रकाशित छ । राजनीति र सामाजिक उत्पीडनमाथि कथा लेख्न रुचाउने साह अन्य कथाकारको कथा पढ्न उत्तिकै मन पराउँछन् । नेपाली र विश्वसाहित्यको ‘कथा विधा’मा रुची राख्ने उनी सुरुमा रुसी र हिन्दी कथाबाट प्रभावित भएको बताउँछन् । आफूले पढेमध्ये बारम्बार सम्झनामा आइरहने पाँच कथाबारे साहले अनलाइनखबरसँग […]

अनुवाद कविता : उचाइ

अग्ला पहाडहरूमा रूख उमि्रन्नन् उम्रिन्नन् बुट्यानहरू न त अग्ला पहाडमा घाँस नै हुन्छ हुन्छ त केवल जिउ कट्कट्याउने हिउँ कात्रोजस्तो सेतो हिउँ मृत्युजस्तो चिसो हिउँ ! हाँस्दै-खेल्दै सुस्केरामा बहने नदीहरू एक आकार धारण गरेर थोपाथोपा आँसु बर्साउँछन् यस्तो उचाइ जसको छुवाइले मात्र पानी पत्थर बन्छ जसको स्पर्शले मानिसको आत्मा पापले भरिन्छ जो सम्मानको भोको छ […]

‘गौतम बुद्धको जीवनी र उपदेश’ नेपालीमा

काठमाडौं । भारतीय लेखक आनन्द श्रीकृष्णले सिद्धार्थ गौतमको जीवन र बुद्ध दर्शनमाथि लेखेको पुस्तक ‘गौतम बुद्ध : जीवनी, उपदेश र सिद्धान्त’को नेपाली अनुवाद बजारमा आएको छ । युद्धले कुनै समस्याको समाधान नहुने बरु क्षमा र करुणाबाट नै सबै मानवीय समस्या समाधान हुने कुरालाई पुस्तकमा जोड दिइएको पुस्तकमा बुद्धका मुख्य उपदेश र सिद्धान्तलाई सरलीकृत व्याख्या गरिएको छ […]

काव्यारोहणमा मनप्रसाद सुब्बाका कविता

२८ फागुन, काठमाडौं । विराटनगरको आरोहण गुरुकुलमा प्रत्येक महिना हुने ‘काव्यारोहण’ को चैत महिनाको श्रृङ्खलामा कवि मनप्रसाद सुब्बाले कविता वाचन गर्ने भएका छन् । भारत सिलगुढीका सुब्बा पाँच दशकदेखि कविता लेखनमा सक्रिय छन् । भारतमा बसेर पनि नेपाली साहित्यमा अनवरत सिर्जनारत सुब्बाले भारतीय अकादमी पुरस्कार पाएका छन् । उनका आधा दर्जन कविता संग्रह प्रकाशित छन् […]

साहित्यकार दुर्गाप्रसाद श्रेष्ठलाई नइ पुरस्कार दिने घोषणा

२७ फागुन, काठमाडौं । नइ प्रकाशनले भारतको बनारस निवासी वरिष्ठ साहित्यकार एवं लेखक दुर्गाप्रसाद श्रेष्ठलाई २ लाख रुपैयाँ राशीको ‘नइ देरूनीख अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गर्ने घोषणा गरेको छ । नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले साहित्यकार एवं लेखक श्रेष्ठलाई सो पुरस्कार समर्पण गर्ने निर्णय गरेको हो । सात दशकदेखि नेपाली […]