Comments Add Comment

साहित्य

List Grid
कविता : बा को हुन ?  

बा आफ्ना सन्तानका लागि एउटा यस्तो पुरानो रेलको लिग हुन् बा को छातिबाट छोराछोरीहरु आफ्ना ईच्छा र खुसीहरु समात्न बा लाई दुःछकी नभनि दौडिरहन्छन् जसरी रेल लिगको माथि टक्क उभिएर सहर वार पार गरिरहन्छ ।   बा सन्तानका लागि दाउरा हुन, यस्तो एउटा अग्राख दाउरा जो आफु जलेर अरुलाई न्यानो दिन्छ कसैको खुसीहरु निरन्तर पकाई […]

कोरोनाले चित्रकलाको कथ्य फेरिँदै

२१ भदौ, काठमाडौं । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा अहिले ‘हिमालयन आर्ट फेस्टिभल’ चलिरहेको छ । वैशाखयता बन्द रहेको आर्ट काउन्सिल कलापारखीहरूको चहलपहलले गुलजार बनेको छ । अघिल्लो वर्ष कोरोना महामारीकै कारण छ महिनासम्म प्रदशर्नी एवं सभाहरू ठप्प थिए । त्यही समयमा ६५ जना कलाकाररूले बनाएका दुई सय बढी चित्र, मूर्ति एवं इन्स्टलेसन आर्ट अहिले प्रदर्शनीमा […]

जो पाखण्डको सख्त विरोध गर्थे

अहिले नेपाली साहित्यमा हास्यव्यङ्ग्य युग सकिएको हो कि भन्ने लक्षण देखा परेको छ । त्यो लक्षण देखा पर्नु भनेको हास्यव्यङ्ग्य लेखक वा लेखन नदेखिनु हो । यौटा युग थियो भैरव अर्याल, वासुदेव लुईंटेल, केशवराज पिंडाली, श्याम गोतामे, रामकुमार पाण्डेजस्ता होनहार प्रतिभाहरूले हास्यव्यङ्ग्य नेपाली साहित्यमा मौलाएको थियो । हरेक वर्ष हुने गाइजात्रा महोत्सवको पनि ठूलो भुमिका […]

सरकारको जिम्मामा दरबारको सम्पत्ति

नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का बीचमा ५ मङ्सिर २०६३ का दिन विस्तृत शान्ति सम्झौता भयो । यस सम्झौताले राजसंस्था कायम राख्ने वा नराख्नेबारे संविधानसभाको पहिलो बैठकद्वारा साधारण बहुमतले टुङ्गो लगाउने भन्ने विषयलाई लिपिबद्ध गरेको थियो । सात दल र माओवादीका बीचमा भएको सहमतिले जेठ २०६४ भित्र स्वतन्त्र र निष्पक्ष रूपले संविधानसभाको निर्वाचन सम्पन्न […]

कविता : प्रोपोगान्डा

हिजोआज विश्व सञ्चारमा एउटा देश खुब छाएको छ ! जहाँ, महाक्रान्तिका व्यानरमा महान् विचारहरू पलाएका छन् व्यानरमै नयाँ जोश र जाँगरका खेतीहरू भइरहेका छन्, जहाँ, विना समुद्र पानीजहाजहरू पौडिरहेका छन्, विना लिक रेलगाडीहरू दौडिरहेका छन् जहाँ, विना उद्योग सडकमा रोजगारहरू मौलाएका छन्, स्मार्ट सिटीका स्मार्ट मानिसहरू स्वतः कोरोनामुक्त भएका छन् । जहाँ, विना विमानस्थल जम्बो […]

‘जयश्रीकुवेरनाथ’ कविता संग्रह सार्वजनिक

निर्मलकुमार थापाको नयाँ कविता कृति जयश्रीकुबेरनाथ सार्वजनिक भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली लोक नृत्यका प्रवर्तक तथा संस्कृति संरक्षक भैरव बहादुर थापा, पत्रकार तथा साहित्यकार रेशम विरही, लेखक कुमार नगरकोटी लगायतको आतिथ्यमा कविता संग्रह सार्वजनिक भएको हो । रंग नेपालले प्रकाशन गरेको विमोचित कृतिमा सर्जक थापाले पछिल्लो समयमा […]

‘जिन्दगी किराना पसलजस्तो छरिएको छ’

अध्ययनका लागि २०६३ सालतिर बझाङबाट काठमाडौं आएका सोझो गाउँले (भरतबहादुर भण्डारी) कविता, गीत, गजलमा निकै रुचि राख्थे । फुर्सद मिल्यो कि शहरका साहित्यिक गोष्ठीमा कविता सुनाउन पुगिहाल्थे । सबै कवि कागज हेरेर कविता सुनाउँथे तर गाउँले भने पाँच पानाको कविता पनि केही नहेरी वाचन गर्थे । उनले आजसम्म कागज हेरेर कविता सुनाएका छैनन् । काठमाडौंमा […]

साहित्य, प्राध्यापन र राजनीतिका त्रिवेणी

१४ भदौ, काठमाडौं । २०७६ फागुनमा आनन्ददेव भट्टलाई ‘सार्वजनिक राष्ट्रिय अभिनन्दन’ गरियो । ८० भन्दा बढी संघ-संस्थाले त्यो संयुक्त समारोह आयोजना गर्दा भट्ट निकै अस्वस्थ्य थिए । उनलाई बिर्सने रोग (अल्जाइमर्स)ले च्याप्दै लगेको थियो । सम्मानित बौद्धिक व्यक्तित्व भट्ट स्वास्थ्यले साथ दिँदासम्म अग्रज, समकालीन र अनुज पुस्तासँग निरन्तर संवादमा हुन्थे । प्रगतिशील खेमाका साहित्यिक गोष्ठी–सम्मेलनमा […]

ब्याउने राँगो

एकजना वृद्ध बाउका दस छोरा थिए । तिनीहरुको एउटा निजी कम्पनी थियो । कम्पनीको नेतृत्वमा बृद्ध बाउ आफैं थिए । बाउको अक्षमता र अकर्मण्यताले कम्पनी घाटामा गइरहेको थियो, तर उनलाई यसको रत्तिभर मतलव थिएन । चिन्ता थियो त केवल पदको, मालिकपनको, ठालूपनको । पारिवारिक छलफलमा छोराहरू बारम्बार भन्थे– ‘बा ! अब हामी सम्हाल्छौं कम्पनीको नेतृत्व […]

याम्बुनेर : मासिन्याहरूको कथा

कथासंग्रह ‘याम्बुनेर’को शुरुआतमा कथाकार बिना थिङ लेख्छिन्- हाम्रो लागि याम्बूसम्मको दूरी धेरै फराकिलो हो । यो भूगोलको होइन, पहुँच र प्राप्तिको सन्दर्भ हो । याम्बु, अर्थात् एक तामाङको लागि ‘तात्कालीन नेपाल’ । स्वाभाविक रुपले बिना थिङ ‘तामाङ’को लागि पनि । अर्थात् अहिलेको काठमाडौं उपत्यकालाई याम्बु भनिन्थ्यो । र एक तामाङको आँखाबाट याम्बु अन्य जातिको लागि […]

यमराजको गिरफ्तारी

झिसमिसे बिहानीको समय थियो । आकाशमा बादलको नामनिशाना थिएन । रूखको डालीमा बास बसेका चराहरू दिन बौरिएकोमा अल्हादित थिए । पक्षीहरू सूर्योदयको मनोरम पलको प्रतीक्षामा थिए । उत्तर दिशा हुँदै आएको एउटा हल्कारा चरा साथीहरू बास बसेकै स्थानमा ओर्लियो । ऊसँग केही सूचना थियो । आफूले पाएको सूचना उसले साथीहरूलाई सुनायो । हल्कारा चराले महत्त्वपूर्ण […]

कथा : कोट

दीपक बाबु…! सामुन्ने एक ख्याउटे अनुहार देखा पर्छ । मलाई देखेर बैसाखी टेक्दै चउरबाट हुत्तिंदै आएको थियो ऊ । परदेशीले घरदेशी मान्ठा देखेजस्तो फिस्स हाँसिरहेको । असरल्ल दाह्री, नमिलेको फुस्रो कपाल, दुईचार टाँक छिनिएको झुत्रे कमिज । त्यो पनि ठाउँ-ठाउँमा च्यात्तिएर धागै देखिने गरी सिलाएको, पहेंला तर मिलेका दाँत, समग्रमा एक भग्नावशेष जिन्दगी ! ‘म […]

‘छोरीलाई महिनावारीकै कारण शक्तिशाली छौ भनेर सिकाउनुपर्छ’

मदन पुरस्कार विजेता (२०७०) लेखक राधा पौडेलको नयाँ पुस्तक ‘रोल नम्बर एक’ बजारमा आएको छ । बाल्यकालीन स्मृतिलाई निबन्धको शैलीमा लेखिएको पुस्तकले किशोर–किशोरीको मनोविज्ञानलाई केन्द्रमा राखेको छ । लेखक पौडेलले आफू किशोरी छँदा घरपरिवार तथा विद्यालयमा भोग्नुपरेका तीतामीठा घटनालाई केलाएर नेपाली शिक्षा प्रणालीको खोटसमेत देखाएकी छन् । सांग्रिला बुक्सले प्रकाशन गरेको रोल नम्बर एकमा तेह्र […]

शैलेन्द्र साकारको रोजाइका ५ कविता कृति

अवकाश जीवन बिताइरहेका शैलेन्द्र साकारको सम्पूर्ण समय सिर्जना र लेखपढमै बित्छ । नयाँ बानेश्वर निवासी साकार फुर्सदको समयमा आफूलाई मन परेका पुस्तक दोहोर्‍याएर पढिरहन्छन् । मूल विधा कविता भएकै कारण कविता कृतिहरू नै दोहोर्‍याएर पढ्ने उनले पाठकलाई पाँच थान कविता संग्रह पढ्न सिफारिश गरेका छन् । यहाँ कवि साकारले दोहोर्‍याएर पढिरहने तिनै पाँच कविता कृतिबारे […]

सुस्ताएको हास्यव्यंग्य साहित्य

७ भदौ, काठमाडौं । व्यंग्यकार चट्याङमास्टर (कृष्णमुरारी गौतम) भन्छन्, ‘मानिसहरू अहिले संवेदनहीन छन् । यसैले हास्यव्यंग्य साहित्यमा उनीहरू रमाउन सकेका छैनन् ।’ उनको तर्क छ, सत्र हजार मान्छे मरेको भयंकर खबर पनि नेपाली समाजलाई सामान्य लाग्न थालेको छ । यस्तो अवस्थामा व्यंग्य साहित्यले मानिसहरूको हृदय छुन सकेको छैन । अखबारी व्यंग्य लेखनका चोटिला स्रष्टा हुन् […]

‘हात नसमाऊ, खुट्टा छोऊ !’

आइतबार बिहानै अचानक मुन्टो बटारियो- बायाँतिर । अफगानिस्तानमा दक्षिणपन्थी कट्टरपन्थीले सत्ता कब्जा गरे । संसारभरि दक्षिणपन्थी हावा चलिरहेकै छ । तर मेरो टाउको बायाँतिर मोडियो । अचम्म भयो । अंग्रेजीमा एउटा भनाइ छ – ह्वेन नथिङ गोज राइट, गो लेफ्ट । मलाई लाग्छ- पछिल्लो समय मेरो जीवनमा सबैकुरा ठीकै भइरहेको छ । तर अचानक टाउको […]

उपन्यास अंश : त्यो नेपाली केटा

‘संसारको अन्य भूखण्डमा सूर्योदय हुनुपूर्व नै तिब्बतका हिमशिखरहरू झलमल्ल हुन्थे’, लोप्साङका बाजे यस्तै सुनाउँथे । ‘हाम्रो देशमा बहने नदीको पानी मात्र पिएर पनि महिनौं बाँच्न सक्थ्यौं,’ दाबा छोथाककी आमा सुनाउँथिन् । तिब्बतमा सबैभन्दा चाँडो सूर्योदय भए पनि लोप्साङका बाजे सत्तरी नपुग्दै अस्ताए । दाबा छोथाककी आमाले त झन् पैंतिस-चालिसमै सेतीमा हेलिएर दुईदिने चोला बिसाइन् । […]

पुस्तक समीक्षाः ममताको मनितो, समयको अभिलेख

बर्खामा पर थाप्लेको डाँडातिर परेको पानी ठुल्ढुंगाको खोलो तरेर पुम्दीसम्म हम्मेसी नआउने । क्रिस्ती, खाल्सेतिर देखिएको झरी भने बिस्कुन उठाउन नपाउँदै आँगनमा ओइरिन आइपुग्ने । त्यो बेलाको पहाडी जीवन, कास्कीको पुम्दी गाउँमा लीलावती र शोभाकर बराललाई जहिल्यै चटारो । स्थायी शिक्षक बराल शनिबार मात्र घरका पूर्णकालीन । एकपछि अर्को सन्तान ओथार्दै, खेतबारी, बस्तुभाउ, इष्टमित्र, दान–धर्म […]

मेरी प्यारी ममु [ कविता ]

मलाई थाहा छैन ममु, म कहाँबाट शुरु गरुँ तपाईंले गरेको दु:खको ऋण तिर्न म के लेखुँ ? बाल्यकालदेखि अहिलेसम्म हरेक दिन मेरो ख्याल राख्नुभएको छ, दुखिरहन्छ होला शरीर जहिले, तर कहिल्यै दुखेको भन्नुभएको छ र हजुरले ? आज के खाने बाबु ? सधैं कति माया गरेर सोध्नुहुन्छ हजुरले मेरा हरेक चिजहरुको बारेमा ध्यान दिनुहुन्छ तर, […]

स्वच्छन्द सुसेलीहरू : पर्यावरण चेतका कविता

‘इको लिटरेचर’ अर्थात वातावरण साहित्यअन्तर्गत लेखिएका ‘स्वच्छन्द सुसेलीहरू-२’ नामक कवितासंग्रह बजारमा आएको छ । ‘स्वच्छन्द सुसेलीहरू’ दुई वर्षअघि नै प्रकाशन भइसकेको भएपनि अहिले यसको सान्दर्भिकता बढेको छ । कृतिका सम्पादक विजय हितानले यसै कृतिमा समावेश कार्यपत्रमा भनेका छन्- साहित्यका थुप्रै पाटाहरू हुन्छन् । जसमा वातावरण साहित्य पनि एक हो । सिङ्गो पृथ्वी र पृथ्वीमा रहेका […]

‘पूर्वी एसिया विश्व आर्थिक मञ्चमा प्रभावशाली बन्दैछ’

भ्रमणमा रूची राख्ने दीपक चौधरी विकास अवधारणासम्बन्धी विषयमा विद्यावारिधि गर्दैछन् । उनले यही महिना पूर्वी एसियाली राष्ट्रहरूको भ्रमण गर्दाको अनुभव समेटेर ‘पूर्वी एसियाको आँखिझ्याल’ नामक पुस्तक प्रकाशन गरेका छन् । नियात्रा शैलीमा लेखिएको भएपनि पुस्तकमा नेपाल र पूर्वी एसियाली राष्ट्रहरूबीच सापेक्षिक तुलना गरिएको छ । अन्य राष्ट्रको दाँजोमा नेपाल किन विकसित हुन सकेन भन्ने प्रश्नको […]