
News Summary
Generated by OK AI. Editorially reviewed.- आउँदो भदौ १३ र १४ गते काठमाडौँमा चाैँथाे काठमाडौं कलिङ साहित्य महोत्सव होटल याक एन्ड यतिमा हुँदैछ।
- भारतीय लेखिका बानु मुस्ताक, अनुवादक दीपा भास्टी, डा. विक्रम सम्पत र विकास स्वरुप महोत्सवमा सहभागी हुनेछन्।
- महोत्सवको मूल विषय सीमापारि : बदलिँदो विश्वमा दक्षिण एशियाली साहित्य र करिब ३०० लेखक सहभागी हुनेछन्।
२५ साउन, काठमाडौं । आउँदो भदौ १३ र १४ गते काठमाडौँमा चाैँथाे ‘काठमाडौं कलिङ साहित्य महोत्सव’ हुँदैछ ।
होटल याक एन्ड यतिमा आयोजना हुने साहित्य महोत्सवमा ‘अन्तर्राष्ट्रिय बुकर पुरस्कार २०२५’ विजेता भारतीय लेखिका बानु मुस्ताक सहभागी हुने भएकी छन् ।
बानु मुस्ताक कर्नाटककी लेखिका, अधिकारकर्मी र अधिवक्ता हुन् । उनको ‘हर्ट ल्याम्प’ कृतिलाई दीपा भास्टीले अंग्रेजीमा अनुवाद गरेकी हुन्, जसले अंग्रेजी ‘पेन’ पुरस्कार पाएको थियो ।
डा. विक्रम सम्पत १० भन्दा बढी पुस्तकका लेखक हुन् । विकास स्वरुपको उपन्यास ‘क्यू एन्ड ए’ मा आधारित चलचित्र ‘स्लमडग मिलिनियर’ ले सन् २००९ मा बेस्ट फ्लिम अफ द इयर, एकेडेमी अवार्ड तथा गोल्डेन ग्लोब अवार्ड र बाफ्टा अवार्ड जितेको थियो ।
उनीसँगै अनुवादक दीपा भास्टी, इतिहासकार डा. विक्रम सम्पत, लेखक तथा कूटनीतिज्ञ विकास स्वरुपलगायत दक्षिण एशियाली र अन्तर्राष्ट्रिय ख्यातिप्राप्त लेखकहरू महोत्सवमा सहभागी हुने तय भएको काठमाडौं कलिङ साहित्य महोत्सवको नेपालतर्फका संयोजक पवन थापाले जानकारी दिए ।
महोत्सव अन्तर्गतको यस पटकको संस्करणको मूल विषय ‘सीमापारि स् बदलिँदो विश्वमा दक्षिण एशियाली साहित्य’ तय गरिएको छ ।
महोत्सवमा भारत, नेपाल, भूटान, बंगलादेश र श्रीलङ्कासहित करिब ३०० लेखक सहभागी हुने महोत्सवको नेपालतर्फका निर्देशक एवं सह–संयोजक विकास भुसालले जानकारी दिए ।
महोत्सवमा प्यानल छलफल, कविता वाचन, पुस्तक लोकार्पण, लेखकसँग अन्तरक्रिया, लेखन तथा अनुवाद कार्यशाला र सांस्कृतिक प्रस्तुति हुनेछन् ।
कार्यक्रमले नेपाल–भारत तथा दक्षिण एशियाली मुलुकबीचको साहित्यिक र सांस्कृतिक सम्बन्ध सुदृढ बनाउने आयोजकको विश्वास छ ।
प्रतिक्रिया 4