+
+
Shares

विश्व पुस्तकालय कंग्रेसमा छानियो नेपालको कार्यपत्र

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ९ गते १९:५६

९ भदौ, काठमाडौं । लाइब्रेरी तथा सूचाा विज्ञान (एलआईएस) क्षेत्रको विश्व सम्मेलन आईएलएफए वर्ल्ड लाइब्रेरी एन्ड इन्फरमेसन कंग्रेस (डब्लुएलआईसी) २०२५ मा विश्वभरबाट छानिएका चार कार्यपत्रमध्ये नेपालको पनि परेको छ ।

कजाखस्तानको अस्टानामा १८ देखि २२ अगस्तसम्म भएको डब्लुएलआईसीमा नेपालका तर्फबाट नेपाल पुस्तकालय संघका अध्यक्ष पुष्पराज सुवेदीले ‘नेपालमा खुला विज्ञानको अभ्यास’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

‘ओपन साइन्ससम्बन्धी सेसनमा कार्यपत्र छानिनुले समतामूलक तथा पहुँचयोग्य वैज्ञानिक ज्ञानसम्बन्धी विश्व छलफलमा नेपालको योगदानलाई प्रतिविम्बित गरेको छ,’ संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आफ्नो कार्यपत्रले नेपालको सीमित स्रोतका बाबजुल नेपालमा विज्ञानलाई समावेशी तथा पारदर्शी बनाउन पुस्तकालय तथा सूचना विज्ञानसम्बन्धी समुदाय गरेको योगदानलाई देखाएको सुवेदीले बताए ।

वार्षिक रुपमा आयोजनाहुने पुस्तकालय क्षेत्रको विश्वको सबैभन्दा ठूलो कार्यक्रमका रुपमा रहने योकंग्रेसमा यसपटक १ सय ५० भन्दा बढी देशका सहभागिता थियो । यो कार्यक्रममा पुस्तकालयतथा सूचनासम्बन्धी क्षेत्रमा काम गर्ने विश्वभरका मानिसहरु सहभागी हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?